ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको छत्तीसगढमा मतदानमा एक लाख सुरक्षाकर्मी परिचालन


admin

रायपुर, २६ कात्तिक । भारतको छत्तीसगढमा मतदानको सुरक्षार्थ करिब एक लाख सुरक्षाकर्मी तैनाथ गरिएको समाचार छ । सोमबारको सो मतदानका लागि यति ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको हो ।

छत्तीसगढ भारतमा माओवादीहरुको हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्य हो । सो राज्यमा भारतीय माओवादीहरुले सशस्त्र हिंसात्मक गतिविधि गरिरहेका छन् ।

यसै निर्वाचनलाई केन्द्रित गरेर माओवादीहरुले पनि यस हप्ता ठाउँठाउँमा हिंसात्मक हमला जारी राखेका छन् । ती हमलाहरुमा परी पछिल्लो हप्तामात्र १३ जनाको हत्या भएको छ ।

मतदानको केही घन्टामात्र अघि आइतबार माओवादी सशस्त्र हतियारधारीहरुले गरेको सशस्त्र आक्रमणमा परी कम्तीमा एकजना प्रहरी अधिकृतको ज्यान गएको थियो भने अरु केही घाइते भएका थिए ।

छत्तीसगढ राज्यको कन्कार जिल्लामा यस्तो हमला गरेका थिए । उनीहरुको यस्तो हमलापछि सो जिल्लामा पनि सुरक्षाको कडा प्रबन्ध अपनाइएको प्रहरीले जानकारी दिएको छ ।

यहाँका माओवादीहरुले स्थानीय गरिब नागरिकको भूमिको अधिकार र जातीय अधिकारका लागि सशस्त्र विद्रोह गरिरहेको बताउने गरेका छन् । उनीहरुले सोमबारको मतदान बहिस्कार गर्न यस राज्यका मतदाताहरुलाई आग्रह पनि गरेका छन् ।

आगामी वर्ष सन् २०१९ मा भारतमा आमनिर्वाचन हुँदैछ । तर त्यस अगाडिको भारतको स्थानीय स्तरको यो निर्वाचन यस महिनामात्र पाँच राज्यमा हुँदैछ ।

दोस्रो चरणको निर्वाचन यही नोभेम्बर २० मा हुँदैछ । यो दोस्रो चरणको निर्वाचन अघि पनि माओवादीहरुले हिंसा मच्चाउन सक्ने प्रहरीको अनुमान छ ।

यो पहिलो चरणको निर्वाचनमा आवश्यक मात्रामा सुरक्षाको प्रबन्ध गर्नलाई करिब एक लाख जना सुरक्षाकर्मी खटाइएको छ– यहाँका एकजना वरिष्ट प्रहरी अधिकारी डि एम अवस्थीले बताउनुभयो । उहाँका अनुसार यसरी खटाइएका सुरक्षाकर्मीहरुमा भारतीय केन्द्रीय सेना पनि रहेका छन् ।

ती मतदान क्षेत्रमा माओवादीहरुले वारुदी सुरङ बिछ्याउने गरेका छन् । यस राज्यका केही प्रभावित क्षेत्रमा यस्ता सुरुङहरु बिछ्याउने काम सामान्यजस्तै हो । त्यसैले कतिपय निर्वाचन अधिकारीहरुलाई हेलिकोप्टरबाट मतदानस्थलमा पु¥याउने गरिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ ।

यस राज्यको सरकारमा गएको १५ वर्षदेखि भारतीय जनता पार्टीको नेतृत्व रहेको छ ।

भारतीय जनता पार्टीका यस राज्यका मुख्यमन्त्री रमन सिंह तीन कार्यकालसम्म मुख्यमन्त्रीमै रही आउनुभएको छ । उहाँले अबको कार्यकाल अथवा चौथो कार्यकालका लागि पनि आफू नै मुख्यमन्त्री हुने दाबी गर्नुभएको छ ।

तर माओवादीहरुले भने उहाँको विरोध गरेका छन् । उनीहरुले मुख्यमन्त्री सिंहलाई राज्यको विकास गर्न नसकेको आरोप विगत लामो समयदेखि लगाउँदै आएका छन् ।

भारतमा सशस्त्र विद्रोह गरिरहेका माओवादीहरु त्यहाँका १० भन्दा बढी जिल्लामा रहेको मानिएको छ । तर पनि उनीहरु छत्तीसगढ, उडिसा, बिहार, झारखण्ड र महाराष्ट्रमा पनि ठूलो संख्यामा छन् । झारखण्डमा मात्र करिब एक करोड ५० लाख जनसंख्या रहेको छ ।

भारतका अरु राज्यको तुलनामा यी राज्यहरुमा बढी मात्रामा गरिबी रहेको मानिन्छ । तर माओवादीहरुले भने करिब पाँच दशक अघिदेखि भारतको बंगालबाट विद्रोह शुरु गरेका हुन् ।

यस विद्रोहका कारण कम्तीमा पनि दश हजार नागरिकको ज्यान गइसकेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com