ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको छत्तीसगढमा मतदानमा एक लाख सुरक्षाकर्मी परिचालन


admin
कार्तिक २६, २०७५ सोमबार  ३ : २९ बजे

रायपुर, २६ कात्तिक । भारतको छत्तीसगढमा मतदानको सुरक्षार्थ करिब एक लाख सुरक्षाकर्मी तैनाथ गरिएको समाचार छ । सोमबारको सो मतदानका लागि यति ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको हो ।

छत्तीसगढ भारतमा माओवादीहरुको हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्य हो । सो राज्यमा भारतीय माओवादीहरुले सशस्त्र हिंसात्मक गतिविधि गरिरहेका छन् ।

यसै निर्वाचनलाई केन्द्रित गरेर माओवादीहरुले पनि यस हप्ता ठाउँठाउँमा हिंसात्मक हमला जारी राखेका छन् । ती हमलाहरुमा परी पछिल्लो हप्तामात्र १३ जनाको हत्या भएको छ ।

मतदानको केही घन्टामात्र अघि आइतबार माओवादी सशस्त्र हतियारधारीहरुले गरेको सशस्त्र आक्रमणमा परी कम्तीमा एकजना प्रहरी अधिकृतको ज्यान गएको थियो भने अरु केही घाइते भएका थिए ।

छत्तीसगढ राज्यको कन्कार जिल्लामा यस्तो हमला गरेका थिए । उनीहरुको यस्तो हमलापछि सो जिल्लामा पनि सुरक्षाको कडा प्रबन्ध अपनाइएको प्रहरीले जानकारी दिएको छ ।

यहाँका माओवादीहरुले स्थानीय गरिब नागरिकको भूमिको अधिकार र जातीय अधिकारका लागि सशस्त्र विद्रोह गरिरहेको बताउने गरेका छन् । उनीहरुले सोमबारको मतदान बहिस्कार गर्न यस राज्यका मतदाताहरुलाई आग्रह पनि गरेका छन् ।

आगामी वर्ष सन् २०१९ मा भारतमा आमनिर्वाचन हुँदैछ । तर त्यस अगाडिको भारतको स्थानीय स्तरको यो निर्वाचन यस महिनामात्र पाँच राज्यमा हुँदैछ ।

दोस्रो चरणको निर्वाचन यही नोभेम्बर २० मा हुँदैछ । यो दोस्रो चरणको निर्वाचन अघि पनि माओवादीहरुले हिंसा मच्चाउन सक्ने प्रहरीको अनुमान छ ।

यो पहिलो चरणको निर्वाचनमा आवश्यक मात्रामा सुरक्षाको प्रबन्ध गर्नलाई करिब एक लाख जना सुरक्षाकर्मी खटाइएको छ– यहाँका एकजना वरिष्ट प्रहरी अधिकारी डि एम अवस्थीले बताउनुभयो । उहाँका अनुसार यसरी खटाइएका सुरक्षाकर्मीहरुमा भारतीय केन्द्रीय सेना पनि रहेका छन् ।

ती मतदान क्षेत्रमा माओवादीहरुले वारुदी सुरङ बिछ्याउने गरेका छन् । यस राज्यका केही प्रभावित क्षेत्रमा यस्ता सुरुङहरु बिछ्याउने काम सामान्यजस्तै हो । त्यसैले कतिपय निर्वाचन अधिकारीहरुलाई हेलिकोप्टरबाट मतदानस्थलमा पु¥याउने गरिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ ।

यस राज्यको सरकारमा गएको १५ वर्षदेखि भारतीय जनता पार्टीको नेतृत्व रहेको छ ।

भारतीय जनता पार्टीका यस राज्यका मुख्यमन्त्री रमन सिंह तीन कार्यकालसम्म मुख्यमन्त्रीमै रही आउनुभएको छ । उहाँले अबको कार्यकाल अथवा चौथो कार्यकालका लागि पनि आफू नै मुख्यमन्त्री हुने दाबी गर्नुभएको छ ।

तर माओवादीहरुले भने उहाँको विरोध गरेका छन् । उनीहरुले मुख्यमन्त्री सिंहलाई राज्यको विकास गर्न नसकेको आरोप विगत लामो समयदेखि लगाउँदै आएका छन् ।

भारतमा सशस्त्र विद्रोह गरिरहेका माओवादीहरु त्यहाँका १० भन्दा बढी जिल्लामा रहेको मानिएको छ । तर पनि उनीहरु छत्तीसगढ, उडिसा, बिहार, झारखण्ड र महाराष्ट्रमा पनि ठूलो संख्यामा छन् । झारखण्डमा मात्र करिब एक करोड ५० लाख जनसंख्या रहेको छ ।

भारतका अरु राज्यको तुलनामा यी राज्यहरुमा बढी मात्रामा गरिबी रहेको मानिन्छ । तर माओवादीहरुले भने करिब पाँच दशक अघिदेखि भारतको बंगालबाट विद्रोह शुरु गरेका हुन् ।

यस विद्रोहका कारण कम्तीमा पनि दश हजार नागरिकको ज्यान गइसकेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com