ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिबी निवारणका लागि चिनियाँ नमूनाबाट पाठ लिने : प्रधानमन्त्री खान


एबीसी न्यूज

इस्लामावाद, पाकिस्तान, २६  कात्तिक ।  पाकिस्तानले गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताउनुभएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

पाकिस्तानको पूर्वी शहर लाहोरमा सरकारी आवास गृहको उद्घाटन समारोहमा प्रधानमन्त्रीले भन्नुभयो, “चीनले विगत तीन दशकमा ७० करोड नागरिकलाई गरिबीबाट माथि उठाएको छ । यो विश्वकै इतिहासमा एक अभूतपूर्व सफलताको नमूना हो । पाकिस्तानले यसबाट पाठ लिएर अघि बढ्नेछ ।”

यसै महिना चीनको औपचारिक भ्रमण गरेका खानले भन्नुभयो, सरकारले चिनियाँ पक्षसँग गरिबी निवारणका लागि बृहद् रणनीतिक सल्लाहका लागि कुराकानी अघि बढाइसकेको छ ।
पाकिस्तानी प्रधानमन्त्रीले भन्नुभयो, “मेरो सरकारले छिट्टै गरिबी निवारणको प्याकेजलाई पाकिस्तानको इतिहासमा नै पहिलो पटक ल्याउँदै छ । यसबाट गरिबीको रेखामुनि रहेका पाकिस्तानीलाई केही राहत मिल्ने विश्वास हामीलाई छ ।” उहाँले थप्नुभयो, “यस उद्देश्यका लागि श्रृङ्खलावद्ध सहायक पहलहरू हुनेछन् ।”

इस्लामिक मुलुक पाकिस्तानले गरिबी निवारणको लक्ष्यलाई अघि बढाउन पहल तथा फरक फरक पहललाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।
पाकिस्तानको आथिएक सर्वेक्षण २०१८ ले बीस करोड ७० लाख जम्मा जनसङ्ख्यामा २४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखाएको छ । गरिबी, भोकमरी र बेरोजगारको समस्याले पाकिस्तानको जनसङ्ख्याको ठूलो हिस्सालाई प्रभावित गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले घरबिहीन नागरिकका लागि आवास गृह बनाइदिने घोषणा पनि गर्नुभएको छ । उनीहरूलाई आवास, खाना र स्वास्थ्यजस्ता आधारभूत सेवाको प्रबन्ध सरकारले गर्ने योजना वर्तमान् सरकारको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com