काठमाडौं, २६ कातिक । सरकारले लामो समयदेखि रिक्त रहेका तीन देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले भारत, मलेसिया र संयुक्र अरब इमिरेट्स (युएई) का लागि राजदूतको नाम सिफारिस गरेको हो ।
सरकारले भारतका लागि निलाम्बर आचार्यको नाम सिफारिस गरेको छ भने युएईका लागि कृष्ण प्रसाद ढकाल र मलेसियाका लागि उदयराज पाण्डेको नाम सिफारिस गरेको छ ।
राजदूतमा सिफारिस भएका ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव र आचार्य संविधानविद् हुन् । यस्तै पाण्डे यसअघि साउदी अरबको पूर्व राजदूत भइसकेका व्यक्ति हुन् ।
यसैबीच सरकारले मन्त्रीपरिषद्को निर्णयहरु तत्काल जानकारी नगराउने निर्णय गरेको छ । बैठकले अबदेखि मन्त्रीपरिषद्को निर्णय तत्काल जानकारी नगराउने निर्णय गरेको हो ।
अबदेखि मन्त्रीपरिषद्को निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्