धादिङ, २५ कातिक । धादिङको बेनिघाटस्थित विशालटारमा ग्यास बुलेट सडकबाट खस्दा दुईजनाको मृत्यु भएको छ । पल्टिएको बुलेटमा आगलागी हुने सम्भावना भएसँगै राजमार्गसमेत केही बेर अवरुद्ध भएको थियो ।
भारतको बरेनीबाट बालाजुस्थित नेपाल ग्यासको कारखानाका लागि ग्यास बोकेर आएको युपि ७५ एटि ५२०८ नम्बरको बुलेट विशालटारमोडबाट करिब २०/२५ मिटर तल खस्दा सडकमा उक्लन गोरेटो बाटो हिँड्दै गरेका आमा ३९ वर्षीया गीता नेपाली र १९ वर्षीया छोरी सुनिता नेपालीलाई बुलेटले किचेको प्रहरीले जनाएको छ ।
बुलेट पल्टेर ग्यास चुहिन थाले पछि नजिकैको श्रीकृष्ण ग्यासका प्राविधिक बोलाएर चुहावट रोकिएको गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस्