ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुर्वी चितवनमा महोत्सवको तयारी तीब्र


एबीसी न्यूज
कार्तिक २५, २०७५ आईतबार  ९ : ०५ बजे

चितवन , २५ कार्तिक । पुर्वी चितवनको रत्ननगर ३ स्थित शान्तिचोकमा नै पहिलोपटक पूर्वी क्षेत्र महोत्सव हुने भएको छ । एन.एस क्रियसन एण्ड इभेन्ट्स प्रालि र लायन्स क्लव अफ चितवन राईनो सिटीको सयुँक्त आयोजनामा यहीँ आउँदो कार्तिक ३० गतेदेखि मंसिर ११ गतेसम्म पुर्वी क्षेत्र महोत्सव हुन लागिएको महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए ।

स्थानीय व्यापार, उद्योग, कृषि, पर्यटन, धार्मिक क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त महोत्सव पहिलोपटक रहेको बताइएको छ । महोत्सवमा अवलोकन गर्न चाहने दर्शकहरुका लागि रत्ननगर नगरपालिका ११ जिरौनास्थित धर्मधाम समेत घुम्ने व्यवस्था मिलाईएको छ ।

भने , पूर्वी चितवनका पर्यटकीय, धार्मिकस्थलहरुको प्रर्वद्धन गर्नका लागि महोत्सव स्थलमा ती क्षेत्रको प्रर्दशनी समेत गरिने भएको छ । महोत्सवको झन्डै ८० प्रतिशत भन्दा बढी काम सकिसकेको बताउदै संयोजक श्रेष्ठले करिव ३ सय स्टल रहने सो महोत्सवमा शनिवारसम्म २ सय भन्दा वढी स्टल वुकिङ भईसकेको वताए ।

महोत्सवमा चर्चित राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको समेत प्रस्तुती रहने जनाइएको छ । राष्ट्रिय कलाकारहरु शिव परियार, वद्री पंगेनी, मेलिना राई, राजाराज सिवकोटी, प्रिति आले मगर,बबिता (जेरी) लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने संयोजक श्रेष्ठले वताए । महोत्सव अवधिमा शान्तिचोकमा फुड फेस्टिवल समेत आयोजना गरिने लायन्स क्लव अफ चितवन राईनो सिटीका अध्यक्ष ओमलाल सापकोटाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com