ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं


एबीसी न्यूज
चैत्र १५, २०८२ आईतबार   ३ : १६   बजे

काठमाडौं, १५ चैत्र। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विरोध पत्र बुझाउन आएका एमालेका नेता–कार्यकर्ताहरुलाई राजनीतिक विषयमा आफूहरु प्रवेश नगर्ने जवाफ दिएका छन् ।उनले प्रदर्शनको क्रममा केही हिंसात्मक घटना भएको भन्दै त्यसमा संलग्नलाई कानुन अनुसार कारबाही अघि बढाउने पनि बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रम तय गरेको थियो । सोही कार्यक्रम अनुसार एमालेका नेता रामेश्वर फुयालसहितका नेताहरु आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।उनीहरुसँग प्रजिअ पौडेलले आफूहरु राजनीतिक विषयमा प्रवेश नगर्ने बताए । ‘राजनीतिक विषयमा हामी बिल्कुलै प्रवेश गर्दैनौं । हाम्रो न्युट्रालिटीले गर्दा, त्यसपछि हाम्रो प्रोफेस्नालिजम जुन छ, त्यसअनुसार हामी अगाडि बढ्छौं,’ उनले भने ।

प्रजिअ पौडेलको यो भनाइलगत्तै एमालेका एक नेताले ‘राजनीतिक मात्र नभई कानुनी विषय’ पनि भएको बताएका थिए । तर प्रजिअ पौडेलले यसमा धेरै बहस नगर्ने जवाफ दिए । शनिबार अध्यक्ष ओली पक्राउ परेलगत्तै एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । शनिबारको प्रदर्शनको क्रममा माइतीघर–बिजुलीबजार खण्डमा तोडफोड र आगजनीका घटना भएका थिए ।प्रमुख जिल्ला अधिकारी पौडेलले प्रदर्शनको क्रममा ‘केही हर्कत’ भएको भन्दै त्यसमा संलग्नलाई सोही अनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताए । ‘तिनीहरुको हकमा कानुनी कारबाही अघि बढ्छ । कानुनको सीमाबाट हामी सबै बाँधिएका छौं,’ उनले भने ।उनले सुरक्षाकर्मीलाई संयमित हुन निर्देशन दिइएको भन्दै एमाले नेता–कार्यकर्ताहरुलाई पनि संयमित हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

सम्बन्धित

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group