ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१०० नं मा फोन गरेर गलत सूचना दिने रावल पक्राउ


एबीसी न्यूज

बाजुरा, २५ कात्तिक ।  १०० नं मा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले शनिबार पक्राउ गरेको छ । शुरुमा आफैँ फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।

प्रहरीले जनसेवाका लागि टोल फ्रि नं का रूपमा १०० नम्बरलाई जारी गरेको छ । सुवेदी श्रेष्ठ बोलेको भन्दै प्रहरीलाई गाली गर्ने, झुटो खबर दिने र धम्की दिने गरेकाले बडिमालिका नगरपालिका–८ बस्ने  २३ वर्षीयका  वीरेन्द्र रावललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया शुरु गरिएको प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो ।

गलत मानसिकता र नियत राखी सुरक्षा निकायमाथि नै अविश्वास गर्ने खालको गतिविधि, आचरण देखाएको र गाली गरेकाले रावलमाथि सार्वजनिक अपराधसम्बन्धी मुद्दामा कारवाही गर्ने तयारी गरिएको भाटले जानकारी दिनुभएको छ ।

जय मालिका यातायात प्रालिको जिप काउन्टरमा काम गर्दै आएका रावलले आफ्नो र अरुको मोबाइल प्रयोग गरेर विगत केही सातादेखि प्रहरीलाई गलत सूचना दिँदै आएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com