काठमाडौं, १५ चैत्र । देशका तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाविरुद्ध अनुसन्धान सुरु गरिएको हो।
एमाले अध्यक्षसमेत रहेका ओली शनिबार मात्रै पक्राउ परेका थिए। हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनलाई भिडियो भर्चुअलमार्फत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ। यसैबिच, सम्पत्ति शुद्धीकरण मुद्दामा आज बिहान पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्।
देउवापत्नी समेत रहेकी पूर्वमन्त्री आरजु राणामाथि पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान सुरु भएको छ। देउवा दम्पती भने अहिले देशबाहिर रहेका छन्।खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अदालतबाट म्याद लिँदैछ। अनुसन्धानको लागि भनेर पूर्व प्रधानमन्त्री देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन रोक लगाइएको छ।







प्रतिक्रिया दिनुहोस्