ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खसोग्गीको हत्या प्रकरणसम्बन्धी रेकर्डिङ सामग्रीलाई साउदी अरब र वासिङ्टन, जर्मनी, फ्रान्स र बेलायतलाई उपलब्ध


एबीसी न्यूज
कार्तिक २५, २०७५ आईतबार   ८ : ०४   बजे

अङ्कारा, टर्की, २५ कात्तिक। टर्कीले गत महिना टर्कीस्थित साउदी अरबको महाबाणिज्यदूताबासमा भएको पत्रकार जमल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रब्य सामग्री वासिङ्टन र रियादलाई बुझाएको राष्ट्रपति रेसेप तैयप एर्दोआनले शनिबार बताउनुभउको छ ।

हामीले श्रब्य सामग्रीलाई साउदी अरब र वासिङ्टन, जर्मनी, फ्रान्स र बेलायतलाई उपलब्ध गराएका छौँ, उहाँले टेलिभिजनमार्फत् प्रशारित सम्बोधनमा बताउनुभयो ।

राष्ट्रपति एर्दोआनले भन्नुभयो, “उनीहरूले महाबाणिज्य दूताबासमा भएको विवाद उनीहरूले सुनेका छन् । थाहा पाएका छन् । तर उक्त सामग्रीबारे सहायक लिखित सामग्री भने दिइएको छैन ।”

पत्रकार खसोग्गीलाई अन्तिम पटक गत अक्टोबर २ मा टर्कीमा रहेको साउदी अरबको महाबाणिज्य दूताबासमा विवाहका लागि आवश्यक दस्तावेज लिन प्रवेश गर्दा देखिएको थियो । उहाँलाई सोही दिन हत्या गरिएको बताइदै आएको छ ।

उनान्साठी बर्षीय खसोग्गीको हत्या भएको कुरालाई लामो समयसम्म साउदी अरबले नस्वीकारेपनि बढ्दो अन्तराष्ट्रिय दवाबपछि महाबाणिज्यदूतावासमा भएको विवादमा पत्रकार मारिएको जनाएको थियो ।

एर्दोआनले उक्त घटनामा साउदी अरबका सबैभन्दा उच्च तहकोको नै निर्देशन रहेको आरोप लगाउनुभएको छ तर टर्कीका केही अधिकारीले भने उक्त घटनामा शक्तिशाली अधिराजकुमार मोहम्मद विन सलमानको सम्लग्नता रहेको हुनसक्ने जनाएका छन् ।

टर्कीको सञ्चारमाध्यमहरू तथा अधिकारीहरूले उक्त श्रव्य सामग्री अङ्रासँग रहेको बताएका र उक्त सामग्री अमेरिकी गुप्तचर संस्था सिआइएका प्रमुख जिना हास्पेलको टर्की भ्रमणका सन्दर्भमा अमेरिकालाई उपलव्ध गराइएको थियो । तर उक्त सामग्री रहेकोबारे वासिङ्टनले कहिल्यै पुष्टि गरेको छैन ।

खसोग्गीको हत्या भएको साउदी अरबले स्वीकार गरेपनि उहाँको मृत शरीरलाई मृत्यु भएको एक महिनापछिसम्म पनि भेटिएको छैन । परिवारले आफ्ना अविभावक पत्रकार खसोग्गीको मृत शरीर दिन सरकारसँग पटक पटक आग्रह गरेका भएपनि एर्दोआनका सल्लाहाकार यासिन आक्तेले गत हप्ता शरीरलाई एसिडमा हाली नष्ट गरिएको हुनसक्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

अमेरिकाको एडवार्ड्स एयर फोर्स बेसमा बी-५२ बमवर्षक विमान दुर्घटना: ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group