ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिहारमा घरबाटै बिक्यो साढे तीन लाखको सयपत्री


admin

भद्रपुर, २४ कात्तिक । झापा मेचीनगरकी एक किसानले तिहारमा रु साढे तीन लाखको सयपत्री फूलको माला घरबाटै बिक्री गर्नुभएको छ ।

मेचीनगर–९ की दीक्षा उप्रेतीले १० कट्ठा जग्गामा उत्पादन गरेको फूल बेचेर उक्त आम्दानी गर्नुभएको हो । उहाँले डिएन्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत चार वर्षदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ ।

उहाँले लक्ष्मीपूजाको दिन फूलको माला पाँच हजार ५०० थान, ६६ हजार थुँगा र ५०० गुच्छा घरबाटै बिक्री भएको बताउनुभयो । माला प्रतिथान रु ५०, थुँगा प्रतिवटा रु एक र गुच्छा रु १५ का दरले बिक्री भएको थियो ।

तिहारलाई लक्षित गर्दै उहाँले सयपत्री फूलको खेती गर्नुभएको थियो । बिक्रीबाट रु तीन लाख ४८ हजार ५०० आम्दानी भएको उहाँको भनाइ छ । जसमा रु तीन लाख खुद नाफा भएको उप्रेतीले बताउनुभयो ।

तिहार लागेपछि सयपत्री फूल खरिद गर्न सर्वसाधारण र व्यवसायी दुवै घरमा आएको हुँदा फूल बेच्न बजार खोज्न जान नपरेको उहाँले बताउनुभयो । उहाँको फूलखेतीमा कलकते भेराइटिज जातको सयपत्रीको फूल फुलेको थियो । अझै ५० हजार फूल फूल्न बाँकी रहेको उहाँको भनाइ छ ।

उप्रेतीको बारीमा फूलेको फूल भारतबाट आयातीत फूलभन्दा राम्रो र ताजा भएका कारण सर्वसाधारणले उहाँकै बारीमा पुगेर तिहारमा फूल किनेको स्थानीय रेणुका डाँगी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com