ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यात्रुवाहक बस र पर्यटक बस ठोक्किए एक जनाको मृत्यु, ३१ जना घाइते


एबीसी न्यूज

धादिङ , २४ कातिक ।  पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर –३, मालिंगामा शनिबार दिउँसो दुइवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जना चालकको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् ।

नारायणघाटबाट काठमाडौ‌ंतर्फ आउँदै गरेको बा ७ ख ५२८१ नम्बरको यात्रुवाहक बस र काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा १ प ९७७ नम्बरको पर्यटक बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा चितवनको पिप्ले निवासी ४० वर्षीय इश्वर भण्डारी रहेका छन् । उनी ना ७ ख ५२८१ नम्बरको बस चालक रहेको प्रहरीले जानकारी दिएको छ । घाइते भएका चालक भण्डारीको गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घाइतेहरुमध्ये १८ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा र १३ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनापछि केही बेर राजमार्ग अवरुद्ध भएकोमा प्रहरीले दुर्घटनाग्रस्त गाडी पाखा लगाएर राजमार्ग सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com