काठमाडौं, २४ कातिक । दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकालाई सबैकी साझा दिदी अन्जली मास्केले भाइटीका लगाइ दिएकी छन् ।
मास्केले करिब २०० जनालाई टीका लगाइ दिएकी हुन् । उनले सगुन भने २०८ जनालाई तयारी गरेकी थिइन् ।
विसं २०५५ देखि अञ्जली दिदीले सामूहिक भाइटीका लगाउँदै आएकी छन् । मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो । मास्केले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिँदै आशीर्वाद दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्