ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसकसले लगाइदिन्छ शीर्ष नेतालाई टीका ( यस्ताे छ टीकाटालोको कार्यक्रम )


abc

 


काठमाडौं, २३ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेकाे छ ।

अाज राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाउँदै आएकी छन् । अर्का भाइ अमेरिकामै बसोबास गर्ने हुनाले यसपटक पनि डेगेन्द्रलाई नै टीका लगाइदिने शीतल निवासले जानकारी दिएको छ ।  राष्ट्रपतिले शुभसाइतमै राष्ट्रपति भवन शीतल निवासमा टीका लगाइदिने छिन् ।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुई बहिनीको हातबाट टीका थाप्ने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रेस संयोजक चेतन अधिकारीका अनुसार झापामा रहेकी बहिनी कौशल्या कोइराला र चितवनमा रहेकी अर्की बहिनी विष्णुकुमारी ढकाल काठमाडौँ आइसकेका छन् ।

दसैँलगत्तै विरामी भएका  प्रधानमन्त्री ओलीले पूर्ण स्वास्थ्य लाभ गरेको र तिहारमा टीकाटालोको कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको हो ।

यता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भने गतवर्ष दिवंगत भएका छोरा प्रकाश दाहालको जूठो नसकिएकाले उनले यसवर्ष टीका थाप्ने छैनन् । यद्यपि घरमै कार्यकर्ता भेटघाट गरेर तिहार मनाउने उनको सचिवालयले जानकारी दिएको छ ।

पार्टीका तेस्रो वरियताका नेता माधव नेपालले बहिनी बसुधा पोखरेलको हातबाट टीका लगाउनेछन् ।

त्यस्तै झलनाथ खनालले भने भक्तपुरमा रहेकी जेठी दिदी यशोधादेवी आचार्य र काठमाडौमा रहेकी बहिनी कुसुम खनालको हातबाट शुभ साइतमै टीका थाप्ने कार्यक्रम रहेको खनालका सहयोगीले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले भने बहिनी सुशीला खड्काको हातबाट वर्षेनी टीका थाप्दै आइरहेको र यसपटक पनि खड्काले नै टीका लगाउने उनको सचिवालयले जानकारी दिएको छ । पार्टीका अर्का नेता रामचन्द्र पौडलले भने ठूलीआमाकी छोरी चन्दा ओझाबाट टीका थाप्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत भेटिए

माओवादीबाट हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन

सम्बन्धित

LIVE : बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे संसदमा बहस

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत भेटिए

माओवादीबाट हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन

उडिरहेको श्री एयरलाइन्सको जहाजको ढोका आकाशमै खुलेपछि

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...