काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताएका छन् । तिहारका अवसरमा एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले जनताको पछौटेपन, अविकास र गरिविको कुचक्रलाई तोडेर आगामी चार बर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब असाधरण तिव्रता दिइनेछ’, सन्देशमा ओलीले भनेका छन्, ‘सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हाँसिल गर्न हामी दृढ संकल्पित छौं ।’
समृद्धिको प्रतिक लक्ष्मीपुजा र तिहारको अवसरमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न आ–आफ्नो क्षमता अनुसार योगदान पु¥याउन हरेक नेपालीलाई प्रेरणा मिलोस भन्ने प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका छन् ।
भिडियाे
प्रतिक्रिया दिनुहोस्