ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक अर्ब ८८ करोडको आइपिओ बिक्रीलाई अनुमति


admin
कार्तिक २०, २०७५ मंगलबार  ३ : ५८ बजे

 
काठमाडौं,२० कात्तिक । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो ।

चालू आवको हालसम्म २५ वटा सङ्गठित संस्थाले साधारण शेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन् । साधारण शेयर बिक्रीको अनुमतिको प्रक्रियामा रहेकामध्ये १० सङ्गठित संस्थाको निवेदन प्रारम्भिक पुनरावलोकनको प्रक्रियामा रहेका छन् । दुई संस्थालाई थप कागजात पेश गर्न सूचित गरिएको छ ।

यस्तै प्रक्रियाका चार लघुवित्त वित्तीय संस्थालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को व्यवस्थाबमोजिम हुने गरी साधारण शेयर निष्काशन गर्न सूचित गरिएको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो ।

बोर्डका अनुसार एक संस्थाकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधन गर्न लेखेर पठाइएको तथा यस अवधिमा सात सङ्गठित संस्थाले बोर्डको राय सुझावबमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ पेश गरेका छन् । त्यसरी प्राप्त जवाफको पुनरावलोकन गरी तीन संस्थालाई राय सुझावबमोजिम विवरणपत्रमा सुधार गरी पुनःपेश गर्न भनिएको बोर्डले जनाएको छ ।

आवेदन दिएकामध्ये साधारण शेयर बिक्रीका लागि आवेदन दिएका गर्जाङ उपत्यका हाइड्रोपावर, लाफिङ बुद्ध पावर र युनिक हाइडेल कम्पनीलाई आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न बोर्डले भने पनि लामो समयसम्म ती संस्थाले कुनै प्रतिक्रिया दिएका छैनन् । चालू आवको पहिलो त्रैमासमा ११ सङ्गठित संस्थाले साधारण शेयर बिक्री गर्न भन्दै निवेदन दिएका छन् ।

गत आवको सोही अवधिमा १९ सङ्गठित संस्थाको निवेदन अनुमतिको प्रक्रियामा रहेका थिए । सोही अवधिमा दुई सङ्गठित संस्थाले हकप्रद शेयर निष्काशन गर्न निवेदन दिएका छन् ।

गत आवको सोही अवधिसम्ममा जम्मा ३१ सङ्गठित संस्थाको हकप्रद शेयर निष्काशन अनुमतिसम्बन्धी निवेदन प्रक्रियामा रहेका थिए । अधिकांश बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पु¥याइसकेको देखिएकाले हकप्रद शेयर निष्काशनमा कमी आएको छ ।

प्रक्रियामा रहेकामध्ये यस अवधिमा तीन लघुवित्त वित्तीय संस्थालाई रु १६ करोड ९० लाख रकम बराबरको हकप्रद शेयर निष्काशन गर्न अनुमति दिइएको बोर्डको भनाइ छ । त्यस्तै हकप्रद शेयर बिक्री गर्न अनुमति माग गरेका छ संस्थाको हकप्रद शेयर निष्काशनसम्बन्धी व्यवस्था तथा विवरण अध्ययन गरी आवश्यक सुधार गर्न पत्राचार गरिएको छ ।

हकप्रद निष्काशनको प्रक्रियामा रहेकामध्ये अपि पावर कम्पनीले हालसम्म अद्यावधिक विवरण पेश नगरेको बोर्डको भनाइ छ । गत आवमा सोही अवधिमा जम्मा १४ कम्पनीलाई रु पाँच अर्ब ९८ करोड बराबरको हकप्रद निष्काशन गर्न बोर्डले अनुमति दिएको थियो ।

बोर्डले चालू आवको तीन महीनामा दुई सङ्गठित संस्थालाई रु तीन अर्ब ८३ करोड रकम बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ । गत आवको सोही अवधिमा ऋणपत्र निष्काशन गर्न कुनै पनि सङ्गठित संस्थाले निवेदन पेश गरेका थिएनन् ।

त्यसैगरी बोर्डले १७ सङ्गठित संस्थालाई रु पाँच अर्ब ७६ करोड रकम बराबरको बोनस शेयर दर्ता गर्न स्वीकृति दिएको छ । सार्वजनिक निष्काशन प्रक्रियालाई अनुमति दिने प्रक्रियालाई छिटो छरितो सम्पन्न गर्न बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३’ तथा ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४’ ले तोकेका विवरण तथा कागजात प्राप्त भएको मितिले सात दिनभित्र निवेदन दिन र सो निवेदन प्राप्त भएको पाँच दिनभित्र अनुमति दिने गरिएको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य

सम्बन्धित

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com