काठमाडाैं, १८ कातिक । नेपालीको दोस्रो ठूलो चाड दिपावली तथा तिहार नजिकिंदै छ । तिहारमा दीप प्रज्वलन गरेर औंशीको रातलाई पनि झलमल्ल पार्ने परम्परा छ । तर, विगत केही वर्षयता विदेशवाट विजुलीबाट बल्ने झिलिमिली बत्तिहरुले गर्दा मौलिक रुपमा माटाका पाला, दियो प्रज्वलन गरेर तिहार मनाउने परम्परा हराउंदै गएको छ । पाला, दियो मात्र होइन यस समस्या सबै माटाका मौलिक सामान निर्माणमा देखिएको छ ।
तिहारलाई झिलिमिलि पर्वका रुपमा मनाउने गरिन्छ । तर, मौलिक रुपमा प्रयोग गरिने माटाका पाला लगायत माटोका अन्य सामाग्रीहरु हराउदै गएका छन् । त्यसो त, दियो मात्र होइन चाडपर्वमा प्रयोग गरिने अन्य माटोका भा“डाकुडाहरु पनि लोप हुंदै गएका छन् । माटा त्यस्ता सामाग्रीहरु प्लास्टिक र अन्य पदार्थबाट निर्माण हुन थालेसंगै माटाका मौलिक भा“डाकुडा विस्थापित हुन थालेका हुन् । पुस्तेनी रुपमा माटाका सामान बनाउदै आएका व्यवसायीहरु माटोका भाडाकुडाको माग घट्दै गएको बताउंछन् ।
अझ माटोका सामाग्री निर्माणको कला पुस्तान्तरण हुन नसक्दा यस्ता सामाग्री दुर्लभ हुदै जाने खतरा समेत बढेको छ । विगतमा महत्वपुर्ण क्षेत्रका रुपमा रहेको माटोका सामाग्रीहरुको बजार विस्तार हुन नसक्दा पछिल्लो पुस्तामा यस पेशाप्रति विकर्षण बढ्दै गएको माटोका विभिन्न सामाग्री बनाउंदै आएका एक व्यवसायी बताउछन् । माटोबाट विभिन्न सामाग्री निर्माण गर्नु एउटा कला हो । नेपालको मौलिकता समेत बोकेको यस पेशा संकटमा पर्दै जानु आ“फैमा दुखद पक्ष हो ।
माटोका सामाग्री निर्माणकार्य हेर्दा सहज देखिए पनि यसका आफनै विधि र प्रकृया छन् । का“चो माटोलाई उपयोग गर्नयोग्य सामाग्री बनाउन विभिन्न चरण पार गर्नु पर्ने हुन्छ ।लामो समयदेखि माटोका सामाग्री वेच्दै आएका व्यवसायीहरु पहिलेको तुलनामा व्यवसाय घटेको बताउछन् ।
माटोका सामाग्री उत्पादन नेपाली मौलिक परम्परा हो । तर, विगत केही वर्षयता विदेशबाट आयात हुने प्लास्टिकजन्य तथा अन्य सामानहरुको प्रयोगले माटोका सामाग्री प्रतिको आकर्षण घटाउंदै लगेको छ । अतः माटोका सामाग्री निर्माण कार्यलाई व्यवसायिक बनाउन सम्वन्धित निकायले ध्यान पु¥याउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्