ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिरामी वृद्धवृद्धाको सहयोगार्थ चित्रकला प्रदर्शन


admin

काठमाडौँ, २८ भदौ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना भएका वृद्धवृद्धाको सहयोगार्थ एकल चित्रकला प्रदर्शन गरिएको छ ।

अस्पतालमा भर्ना भएका ७५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले सोही अस्पतालकी नर्स एवं कलाकार रचना मास्केले कोर्नुभएको चित्रकला आजदेखि प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दे नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ज्येष्ठ नागरिक देशका गहना भएकाले उहाँहरुको सहयोगका लागि लोककीर्ति ज्येष्ठ नागरिक कोषले मास्केको चित्रकला प्रदर्शनमा राखेर पवित्र काम गरेको बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री सिंहले बिरामी भएर उपचारको समस्यामा परेको ज्येष्ठ नागरिकका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । नेता सिंहले समाजलाई परिवर्तन ल्याउनका लागि राजनीतिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै राजनीतिलाई सकारात्मक दृष्टिकोणले हेर्न आग्रह गर्नुभयो ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा जगदिशप्रसाद अग्रवालले वृद्धवृद्धाको उपचारका लागि चित्रकला बेचेर सहयोग गर्न लागेको भन्दै उक्त कामको उच्च प्रशंशा गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकको उपचारका लागि अस्पतालले छुट्टै वार्ड बनाउने कुरामा सम्बन्धित पक्षसँग छलफल गरिरहेको स्पष्ट पार्नुभयो ।
लोककीर्ति ज्येष्ठ नागरिक कोषका अध्यक्ष ओम मास्केले ज्येष्ठ नागरिकको उपचारका लागि राज्यले बेवास्था गरेको आरोप लगाउनुभयो ।

आगामी भदौ ३० गतेसम्म चल्ने प्रदर्शनीमा मास्केले कोर्नुभएका ३२ चित्र प्रदर्शनमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com