ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाई सुरक्षाको नाममा जनता मार्ने काम अस्वीकार्य :मोदी


admin
असार १६, २०७४ शुक्रबार  १२ : ४७ बजे

भारत, १५ असार । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले बिहीबार गाई संरक्षणको नाममा जनता मार्ने कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति गाई संरक्षणकर्मीद्वारा ‘गाउ भक्ति’ (गाई भक्ति) का नाममा भएका शृङ्खलाबद्ध आक्रमणमा भएका विरोध कार्यक्रमप्रति लक्षित गरी आएको हो ।

सवरमती आश्रम स्थापनाको शतवार्षिकी तथा महात्मा गान्धीका गुरु श्रीमद् राजचन्द्रजीको १५० औँ जन्मोत्सवका अवसरमा गरिएको एक समारोहमा सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, राष्ट्रपिता (गान्धी) को आदर्श विपरित भारतमा एक समुदायद्वारा अर्को माथि हिंसात्मक विरोध भएको छ । यस्ता गतिविधिले राष्ट्रपिता महात्मा गान्धी अपमान हुन्छ ।

भारतीय प्रधानमन्त्रीले भन्नुभयो, आउनुस् सबैजना एक भई अघि बढौँ र महात्मा गान्धीका सपनाअनुरुप राष्ट्रको विकासमा लार्गौँ । स्वतन्त्रताका लागि सङ्घर्ष गरेको सपुतलाई खुशी पारौँ ।

राष्ट्र हित र कानुन विपरित काम गर्न राष्ट्रमा कसैलाई पनि अधिकार छैन, प्रधानमन्त्री मोदीले भन्नुभयो ।

प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति गाईको संरक्षणका नाममा भएका विभिन्न घटनामा धार्मिक हिंसा बढेको समयमा आएको हो । गत हप्ता मथुराका लागि हिँडेको रेलमा हिँडेका एक मुसलमान यात्रीलाई रेलभित्र हत्या गरिएको र उहाँका परिवारजनलाई ‘अराष्ट्रवादी’ ‘गाई खौवा’ भनी गरिएको उत्तेजक घटनाविरुद्ध हजारौँ भारतीयले मुलुकका विभिन्न ठाउँमा प्रदर्शन भएपछि प्रधानमन्त्रीले सबैलाई संयमता अपनाउन आफ्नो सम्बोधनका क्रममा आग्रह गर्नुभयो ।

हिंसाले न कहिल्यै समस्या समाधान गरेको थियो । न गर्ने नै छ, समाजमा हिंसाका लागि कहिँ ठाउँ छैन, प्रधानमन्त्री मोदीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

‘विद्रोह अपरिहार्य थियो, अब डेलिभरी नै निर्णायक हुन्छ’ – डा. लोकराज बराल (भिडियोसहित)

सम्बन्धित

भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी किम कन–हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय

ट्रम्पको धम्की: अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको विमान दुर्घटनामा निधन

बेलायतका प्रधानमन्त्री चीन भ्रमणमा : ७ वर्षपछि पहिलो उच्चस्तरीय भ्रमण

युक्रेन युद्धमा २० लाख सेना मारिएको एक अध्ययनको अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com