ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल – कतारबीच फुटबल विकासमा सहकार्य गरिने


admin
कार्तिक ७, २०७५ बुधबार   ५ : ३६   बजे

काठमाडौं,७ कात्तिक ।  फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ ।

कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौता आगामी पाँच वर्षसम्मका लागि भएको एन्फाले जनाएको छ ।

दुवै राष्ट्रको फुटबल विकासका लागि एन्फा र क्युएफएको मुख्यालय दोहामा एन्फाका अध्यक्ष शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अलतानीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतानुसार दुई राष्ट्रबीचको विभिन्न विषयका लागि व्यवस्थापन टोली, प्राविधिक टोली, प्रशिक्षक, रेफ्री र खेलाडीको आदानप्रदान हुनेछ । त्यसैगरी फुटबलको अध्ययन, अनुसन्धान, महिला फुटबल, युवा फुटबल, फुटसललगायत १७ कार्यमा दुई मुलुकबीच सहकार्य हुने सम्झौतामा उल्लेख छ ।

कतार सन् २०२२ को विश्वकप आयोजक राष्ट्रसमेत हो । हाल कतारले विश्वकपका लागि फुटबल मैदान धमाधाम निर्माण गरिरहेको छ । सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पा र लिग कमिटीका संयोजक विज्ञानराज शर्मा हाल दोहामा हुनुहुन्छ । यसअघि एन्फाले जापान फुटबल एशोसिएशन (जेएफए)सँग सहकार्य गर्न सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

सम्बन्धित

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group