ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

धनगढी ब्जुजद्वारा खेलाडी सार्वजनिक


admin

काठमाडौं,७ कात्तिक ।  पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि एक्स्पर्ट धनगढी ब्लुजले सम्पूर्ण तयारी पूरा गरेको छ ।

मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा तयारी पूरा हुनाका साथै खेलाडीसमेत सार्वजनिक गरिएको जनाएको हो । ब्लुजले अक्सनबाट १३, दुई आइकनिक र दुई विदेशी खेलाडी सार्वजनिक गरेको हो ।

नेपाली राष्ट्रिय टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको ब्लुजले विदेशी कोटामा दुवै इग्ल्यान्डका खेलाडी ल्याएको छ । पिपिएलका लागि ब्लुजले इग्ल्यान्डका ड्यान लरेन्स र पिटर डेभिड ट्रेगोलाई अनुबन्ध गरेको सो अवसरमा प्रशिक्षक मनोज कटवालले जानकारी दिनुभयो ।

दुवै विदेशी खेलाडी मङ्गलबार बेलुकी नेपाल आइपुगेका र आज बिहान प्रशिक्षणपश्चात पोखरा जाने उहाँले पत्रकारसम्मेलनमा बताउनुभयो । ब्लुजले आइकनिक खेलाडीका रुपमा यू–१९ टोलीका सुबेन्धु पाण्डे र अरुणसिंह ऐरीलाई अनुबन्ध गरेको छ ।

ब्लुजबाट खेल्ने अन्य खेलाडीमा मञ्जित श्रेष्ठ, योगेन्द्रसिंह कार्की, सन्तोष भट्ट, रोबिन क्षेत्री, सन्दीप सुनार, कमलसिंह ऐरी, दिलीप नाथ, सागर ढकाल, सन्दीप जोरा, निर्दाेष अन्सारी, सौरभ खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली छन् ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पिपिएल क्रिकेट यही कात्तिक ९ गते शुक्रबारदेखि पोखरामा शुरु हुँदैछ । ब्लुजले पहिलो खेल काठमाडौँ रोयल्ससँग कात्तिक ११ गते खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन – नेता नेपाल

काठमाडौं, १० वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता जोगाउन कठिन भएको बताउनुभयो । जनकपुरधामस्थित

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरू

काठमाडौं, १० वैशाख । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज, १० वैशाख । बाँकेमा एक २८ वर्षिय युवकसहित थप तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालको कोभिड

सम्बन्धित

आईपीएलमा राजस्थानलाई पराजित गर्दै बेङ्ग्लोर शीर्ष स्थानमा

आईपीएल : रोमाञ्चक खेलमा चेन्नईले कोलकातालाई हरायो

आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्सले मुम्बईलाई हरायो

नेपाल नेदरल्यान्ड्ससँग पराजित

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नई तालिकाको दोस्रो स्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com