ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोहनविक्रम थापा स्मृति खुला फुटबल प्रतियोगिता कात्तिक ८ गतेदेखि भिमानमा, प्रथम हुनेलाई डेढ लाख नगद पुरस्कार


admin

सिन्धुली, ६ कात्तिक । मोहन विक्रम थापा स्मृति खुला फुटबल प्रतियोगिता कात्तिक ८ गते बिहीबारदेखि भिमानमा सुरु हुने भएको छ । कुशल राजनीतित्र तथा समाजसेवी मोहन विक्रम थापाको सम्झनामा भिमान युवा क्लब तथा सिन्धुली ट्रष्ट नेपालले सो प्रतियोगिता आयोजना गरेको हो ।

सामाजिक अभियन्ता समेत रहनुभएका सिन्धुली ट्रष्ट नेपालका अध्यक्ष उज्ज्वल विक्रम थापाका अनुसार खेलको माध्यमबाट युवामा एकता र सहकार्यको भावना विकास गराउन सो प्रतियोगिताको आयोजना गरिएको हो ।

अध्यक्ष थापाले भन्नुभयो– ‘परिश्रम गरेर जित्ने एक माध्यम फुटबल प्रतियोगिता भएका कारण खेलप्रेमी युवाहरुको खेल प्रतिभालार्इ सम्बोधन गर्ने प्रयास गरेको हुँ ।’ स्वर्गबास भइसकेका आफन्तको सम्झनामा अनावश्यक खर्च भन्दा पनि सम्झनाको लागि समाजसेवा र युवा लक्षित कार्यक्रममा साथ दिन सके पितृआत्माको साँचो संबोधन हुने धारणा समेत उहाँले राख्नुभयो ।

गत वर्षदेखि नै भिमान युवा क्लबको सहकार्य तथा समाजसेवी थापाको पहलमा खुल्ला फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

सो प्रतियोगिताको पुरस्कार राशी र सहभागिताका हिसावले प्रदेश ३ कै उत्कृष्ट प्रतियोगिताका रुपमा विकास हुँदै गएको छ । सो प्रतियोगिताका लागि समाजसेवी उज्ज्वल विक्रम थापाले गत वर्षदेखि पुरस्कार राशिको स्पोन्सर गर्दै आउनुभएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ५० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै, दोस्रो पुरस्कार राशि ५० हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुशासित टिम र म्यान अफ दी म्याचको अवार्डसमेत रहेको आयोजक क्लवले जनाएको छ । गत वर्ष प्रथम पुरस्कार ६० हजार र द्वितीय पुरस्कार ४० हजार रुपियाँ राशिको पुरस्कार व्यवस्था थियो । यस वर्ष पुरस्कार राशि बढाइएको छ । हाल सम्म १४ टिम समाबेश भइसकेको आयोजकले बताएको छ ।

कात्तिक ८ गतेदेखि सुरु हुने सो प्रतियोगिता भिमानस्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com