ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोहनविक्रम थापा स्मृति खुला फुटबल प्रतियोगिता कात्तिक ८ गतेदेखि भिमानमा, प्रथम हुनेलाई डेढ लाख नगद पुरस्कार


admin
कार्तिक ६, २०७५ मंगलबार   ३ : ४४   बजे

सिन्धुली, ६ कात्तिक । मोहन विक्रम थापा स्मृति खुला फुटबल प्रतियोगिता कात्तिक ८ गते बिहीबारदेखि भिमानमा सुरु हुने भएको छ । कुशल राजनीतित्र तथा समाजसेवी मोहन विक्रम थापाको सम्झनामा भिमान युवा क्लब तथा सिन्धुली ट्रष्ट नेपालले सो प्रतियोगिता आयोजना गरेको हो ।

सामाजिक अभियन्ता समेत रहनुभएका सिन्धुली ट्रष्ट नेपालका अध्यक्ष उज्ज्वल विक्रम थापाका अनुसार खेलको माध्यमबाट युवामा एकता र सहकार्यको भावना विकास गराउन सो प्रतियोगिताको आयोजना गरिएको हो ।

अध्यक्ष थापाले भन्नुभयो– ‘परिश्रम गरेर जित्ने एक माध्यम फुटबल प्रतियोगिता भएका कारण खेलप्रेमी युवाहरुको खेल प्रतिभालार्इ सम्बोधन गर्ने प्रयास गरेको हुँ ।’ स्वर्गबास भइसकेका आफन्तको सम्झनामा अनावश्यक खर्च भन्दा पनि सम्झनाको लागि समाजसेवा र युवा लक्षित कार्यक्रममा साथ दिन सके पितृआत्माको साँचो संबोधन हुने धारणा समेत उहाँले राख्नुभयो ।

गत वर्षदेखि नै भिमान युवा क्लबको सहकार्य तथा समाजसेवी थापाको पहलमा खुल्ला फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

सो प्रतियोगिताको पुरस्कार राशी र सहभागिताका हिसावले प्रदेश ३ कै उत्कृष्ट प्रतियोगिताका रुपमा विकास हुँदै गएको छ । सो प्रतियोगिताका लागि समाजसेवी उज्ज्वल विक्रम थापाले गत वर्षदेखि पुरस्कार राशिको स्पोन्सर गर्दै आउनुभएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ५० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै, दोस्रो पुरस्कार राशि ५० हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुशासित टिम र म्यान अफ दी म्याचको अवार्डसमेत रहेको आयोजक क्लवले जनाएको छ । गत वर्ष प्रथम पुरस्कार ६० हजार र द्वितीय पुरस्कार ४० हजार रुपियाँ राशिको पुरस्कार व्यवस्था थियो । यस वर्ष पुरस्कार राशि बढाइएको छ । हाल सम्म १४ टिम समाबेश भइसकेको आयोजकले बताएको छ ।

कात्तिक ८ गतेदेखि सुरु हुने सो प्रतियोगिता भिमानस्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

सम्बन्धित

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group