ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरण: एसपी विष्टमाथि कारबाही प्रक्रिया थालियो


एबीसी न्यूज

काठमाडौं, २४ असोज । १३ वर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिले तत्कालीन प्रहरी नेतृत्वले लापरबाही गरेको निष्कर्ष निकालेपछि (एसपी) डिल्लीराज विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।
प्रतिवेदनमा तत्कालीन प्रहरी टोलीले घटनाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको ठहर गरिएको छ । प्रारम्भिक चरणदेखि नै प्रहरी अनुसन्धानमा लापरवाही भएको निष्कर्ष निकालिएको हो ।

घटनाको छानविनका लागि गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिको पूर्ण प्रतिवेदनका आधारमा विष्टमाथि कारवाही प्रक्रिया थालिएको हो । यसअघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को आदेशपछि पन्त हत्याको अनुसन्धान पूरा नभएसम्मका लागि भन्दै ९ भदौमा विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरिएको थियो ।

यसअघि ३० भदौमा अनुसन्धानमा खटिएका ५ प्रहरी अधिकारीलाई निलम्बन गर्ने बेलामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आईजीपी सर्वेन्द्र खनालको मत बाझिएको थियो । त्यसबेला खनालले ‘कमजोरी देखिए बरु जागिरबाटै बर्खास्त गरौं तर अनुसन्धान अधिकारीलाई नै निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश जाँदैन’ भनेका थिए ।
पछिल्लो समय सोही प्रकरणलाई जोडेर आईजीपीकै राजीनामा माग्न थालिएपछि विष्टलाई बर्खास्त गर्ने मुडमा प्रहरी प्रधान कार्यालय पुगेको उच्च स्रोतको दाबी छ ।

उच्चस्तरीय समितिको प्रतिवेदन आइसकेको छ । र, त्यहाँ विभागीय कारावाहीको सिफारिस गरिएको छ । तर, प्रहरी प्रधान कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा प्रहरीको कमिकमजोरी बारे छानबिन गर्न बनेको समितिको प्रतिवेदन अनुरुप कारवाही हुने प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए । प्रहरी महानिरीक्षक खनाल एआईजी बस्न्यात नेतृत्वको समितिको प्रतिवेदनको पर्खाइमा रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com