ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कार्की र कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले मतदान गरे


एबीसी न्यूज
फाल्गुन २१, २०८२ बिहीबार   ९ : ०६   बजे

काठमाडौँ/झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनको अवसरमा आज उच्च पदस्थ व्यक्तिहरूले आ–आफ्नो मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी छन्। उनले मतदानपछि शान्तिपूर्ण र निष्पक्ष निर्वाचनको महत्व उल्लेख गर्दै जनतालाई मतदानमा सक्रिय रहन आग्रह गरेकी छन्।

साथै, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार बिहान काठमाडौं महानगरपालिका–२९ वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले भने, “स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान भइरहेको छ। सबै मतदातालाई मतदानमा सहभागी हुन आग्रह गर्दछौँ।”

भण्डारीले मतगणना प्रक्रियासम्बन्धी योजना समेत स्पष्ट पारे। उनले बताए– खसेको मतको आधारमा गणना टोली बनाएर छिटो मत परिणाम सार्वजनिक गरिनेछ र फागुन २५ भित्र प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरिसक्ने आयोगको अठोट रहेको छ।

यसै निर्वाचनअन्तर्गत देशभर प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान भइरहेको छ। मतदान कार्य बिहान ७ बजे सुरु भई साँझ ५ बजे सम्म जारी रहने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group