ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमल र दिलीपबीच उपाधि भिडन्त


एबीसी न्यूज
आश्विन १६, २०७५ मंगलबार   ७ : ३७   बजे

पोखरा, १६ असोज ।  पोखरामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा ३५ वर्षमाथिको एकल उपाधिका लागि नेपालका शीर्ष वरियताका कमल भण्डारी र भारतका दिलीप मोहन्तीबीच प्रतिस्पर्धा हुने भएको छ ।

कास्की जिल्ला टेनिस सङ्घद्वारा आयोजित सो प्रतियोगिताको सोमबार भएको खेलमा कमलले भारतका स्वर्णद्वीपसिंह ढोंढीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यस्तै मोहन्तीले नेपालका महेश श्रेष्ठलाई ७–६, ४–६ र ६–३ ले हराए ।

त्यस्तै ५५ वर्षमाथिको एकल प्रतिष्पर्धामा कमल थापाले भारतका आदित्य कर्नानीलाई ६–३ र ६–१ को सोझो सेटमा पन्छाउँदै फाइनलका लागि स्थान सुरक्षित गरे । उपाधिका लागि थापाले कृष्णराज घले र पोखराका अनिल तुलाचनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको डबल्समा भारतका अभिनास कुँवर र दिलीप मोहन्ती फाइनल प्रवेश गरेका छन् । कुँवर र मोहन्तीको जोडीले नेपालका कमल भण्डारी र महेश श्रेष्ठको जोडीलाई ६–४, २–६ र १०–८ ले पराजित गरे । त्यस्तै पोखराका धरमबहादुर लामिछाने र भारतका सुरेन्द्रसिंह ढोंढीको जोडी पनि फाइनल पुगेको छ । लामिछाने र ढोंढीको जोडीले पोखराकै गोपीबहादुर भट्टराई र शरण गुरुङको जोडीलाई ६–१ र ६–१ ले पराजित गरे ।

यस्तै ४५ वर्ष माथिको डबल्समा भारतका पवन जैन र नारायण मूर्ती फाइनलमा पुगेका छन् । सो जोडीले नेपालका सुवर्ण ढाक्वा र प्रताप मोक्तानको जोडीलाई ६–१ र ६–४ को सेटमा पराजित गरे । यस्तै ५५ वर्ष माथिको डबल्समा भारतकै अरुण अग्रवाल र सुरेन्द्र मुर्ताजीको जोडीले नेपालका मनोज राणा र भारतका पवन जैनको जोडीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सो जोडीले पोखराका समिर शेरचन र अनिल तुलाचनको जोडीलाई ६–४ र ६–२ ले तथा राणा र जैनको जोडीले कमल थापा र झ्याम्बा ढुण्डुपको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । विभिन्न उमेर समूहका सेमिफाइनल खेल आज हुने आयोजक सङ्घ कास्कीका सदस्य प्रिती बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group