ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा स्थायी कमिटी स्रोत भन्छ– ‘वरिष्ठ नेता माधव नेपालले झुट बोले’


abc

काठमाडौं, १३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी सदस्यहरुलाई चियापानमा बोलाएर झुट कुरा बोलेको नेकपाका अन्य नेताहरुले दाबी गरेका छन् ।

नेता नेपालले प्रदेश कमिटी गठनबारे असन्तुष्टि जनाउँदै शुक्रबार स्थायी कमिटीका नेताहरुलाई बोलाएर चियापान गराउँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश कमिटीको नेतृत्व चयनमा एकलौटी गरेको गुनासो गरेका थिए । त्यसक्रममा नेता नेपालले आफुले पार्टी महासचिव विष्णु पौडेललाई यसबारेमा लिखित असहमति सहितको पत्र बुझाइसकेको बताएका थिए ।

तर, स्रोतका अनुसार महासचिव पौडेललाई नेता नेपालका सहयोगीले शनिबार बिहान मात्र पत्र पठाएका थिए । त्यसक्रममा पौडेलले नेपालको सबै कुरा शुक्रबारै दिउसो पत्रपत्रिका र अनलाइनबाट थाहा पाइसकेका हुनाले पत्र बुझ्न आवश्यक नरहेको प्रतिक्रिया दिएको स्रोतले दाबी गरेको छ ।

स्रोत भन्छ, ‘अन्य स्थायी कमिटी सदस्यहरुलाई आफुले शुक्रबारै असहमतिको पत्र बुझाएको भनेपनि शनिबार बिहान मात्र सहयोगी मार्फत पत्र पठाउनुबाटै नेता नेपालले झुट बोलेको प्रष्ट हुन्छ ।’

प्रदेश नेतृत्वबारे सचिवालयको निर्णय सार्वजनिक हुँदा वरिष्ठ नेता नेपाल अफ्रिकी मुलुक घानाको भ्रमणमा थिए । नेपालले आफ्नो अनुपस्थितिमा विधि र प्रक्रिया मिचेर प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिएको भन्दै असन्तुष्टि जनाए पनि यो प्रक्रियामा उनी स्वयं संलग्न भएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सबै शिर्ष नेताहरु उपस्थित बैठकमा नेतृत्वबारे सहमति जुटेको पनि स्रोतले दाबी गरेको छ । बरु, नेपालले घाना जाने कार्यक्रमबारे पार्टी नेतृत्वलाई कुनै जानकारी नगराएको आरोप लागेको छ । पार्टी नेतृत्वलाई नसोधी विदेशमा हुने सानातिना कार्यक्रममा वरिष्ठ नेता नेपाल अल्झिन थालेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीले मागे मन्त्री बन्नेहरुको नामावली : ३ बजे शपथ

काठमाडौं, १७ चैत्र ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । त्यसका लागि दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको

यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम तयार भएको छ । संविधानको रक्षा, आवश्यकताअनुसार परिमार्जन/विकास, गणतन्त्र

सम्बन्धित

प्रधानमन्त्रीले मागे मन्त्री बन्नेहरुको नामावली : ३ बजे शपथ

यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

आजदेखि एसईई, ५ लाख बढी परिक्षार्थी

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने

रास्वपाबाट बारा २ मा रमेश खरेल, तनहुँ १ मा स्वर्णिम वाग्ले, चैतेहरुको बोलवाला

प्रचण्ड सरकारको दोस्रो नीति कार्यक्रम कार्यान्वयन गर्ने कि देखाउने मात्र ?(पूर्ण पाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...