
काठमाडौ,१० असोज । गृहमन्त्री रामबहादुर थापा बादलले १३ वर्षीया बालिका निर्मला हत्याको अनुसन्धानमा प्रहरीको गम्भीर लापरवाही भेटिएको बताए ।
संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बाल्दै गृहमन्त्री बादलले उक्त कुरा बताएका हुन । उनले निर्मलाको कपडाहरु संरक्षण नगरेको भेटिएको बताएका छन ।
पन्तका कपडाहरु जलाएको पाइएको भन्दै उनले अघि भने, ‘११ गते मुचुल्का उठाइएको थियो । त्यसमा उनको बाबुको पनि औंठाछाप छ । जबकी उनी १२ गते मात्र भारतबाट आएका थिए ।’
निर्मलाका बाबु यज्ञराज पन्तले पनि आफूले मुचुल्कामा औंठाछाप नलगाएकोपत्रकारलाई बताएका छन ।
‘दाहसंस्कार गरेको ८र१० दिनपछि प्रहरी कार्यालयमा बोलाएर अर्कै कागजमा औंठाछाप लगाउन लगाएको थियो । उनले भने मुचुल्कामा मेरो नाममा कसले औंठाछाप लगायो मलाई थाहा छैन ।
शव भेटिएकै दिन ११ साउनमा प्रहरीले घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल पानीमा पखालिदिएको थियो भने घटनास्थलको पनि संरक्षण गरेको थिएन ।
गृहमन्त्री बादलले निर्मला हत्यामा तत्कालीन प्रहरी टोलीले लापरवाही गरेको स्वीकार गरेका छन् ।
छानविन समितिले प्रतिवेदन बुझाएको र त्यसका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने उनले बताएका छन । ‘यो मिति, गते भनेर त तोक्न सकिँदैन’ उनले भने, छिटोभन्दा छिटो अपराधीलाई कानुनको कठघरामा उभ्याउन प्रयास भइरहेको थापाले बताएका हुन ।’







प्रतिक्रिया दिनुहोस्