ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिवेदनले निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने – केसी


एबीसी न्यूज

काठमाडौं , ८ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना हुनै लाग्यो । साउन १० गते बलात्कारपछि उनको हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव गाउँनजिकैको उखुबारीमा फेला परेको थियो ।
साउन ११ देखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन । यता पन्तको बलात्कारपछिको हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको छ । हिजो आइतबार नै प्रतिवेदन बुझाउने तयारी भए पनि गृहमन्त्री रामबहादुर थापाको समय नमिलेका कारण भोली मंगलवार बुझाउने समितिको तयारी छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले प्रतिवेदन तयार भएको बताए । घटनाको अनुसन्धानमा देखिएको कमी कमजोरीबारे प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए ।

समितिको कामप्रति असहमति जनाउँदै राजीनामा दिए र पुन उक्त छानविन समितिमा फर्किएका अर्का सदस्य वीरेन्द्र केसीले प्रतिवेदनमा आफूहरुले जे देख्यो त्यही उल्लेख गरेको बताए । ‘प्रतिवेदन तयार भयो । यसमा म सन्तुष्ट छु’ उनले भने, ‘हामीले जे देखेको छौं, त्यही प्रतिवेदनमा लेखेका छौं ।’ प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट समिति सदस्य रहेका छन् । तर केसीले प्रतिवेदनमा के छ भन्ने उनले खुलाउन चाहेनन् । तर, यो प्रतिवेदनले निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com