ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन र कृषि र जलविद्युतबाट समृद्ध प्रदेश


एबीसी न्यूज

बुटवल ,  ७ असोज । पर्यटन, कृषि र जलविद्युत्को उपयोगबाट नै मुलुकले समृद्धि हासिल गर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । त्यसका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै नीतिगत सुधार गर्नुपर्ने उनीहरुले बताए । नेपालको शिक्षित पुस्ता विदेशमा श्रम गरिरहेको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारले शिक्षित युवाहरुलाई स्वदेशमै फर्काउन युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्दै पर्यटन, कृषि, पशुपालन र जलविद्युत्मा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताए ।

एबिसी टेलिभिजन प्रदेश व्युरो कार्यालय बुटवलले आयोजना गरेको समृद्ध नेपालका लागि प्रदेशको भुमिका विषयक अन्तत्र्रिmया बोल्नेहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक वसन्तराज खनालले प्राकृतिक स्रोत, साधनको उपभोग, पर्यटकीय गन्तव्यको प्रचार, प्रसार र अत्याधुनिक कृषिबाट समृद्ध नेपाल बन्न सक्ने बताए । प्रदेशभित्रका ऐतिहासिक, पुरातात्विक, मल्लकालीन, लिच्छिविकालीन सम्पदाहरुको संरक्षण गर्दै प्रचार प्रसार गर्न सकेमा विश्वको जनसंख्याको एक प्रतिशत मात्र पर्यटक नेपाल आएपनि पर्यटकबाटै समृद्ध मुलुक बन्न सक्ने बताए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रध्यापक बुद्धबहादुर थापाले स्रोतको परिचालन, सरकारको नियन्त्रण र क्षमता वृद्धि गरेमा समृद्धि हासिल गर्न सकिने बताए । कार्यक्रममा संवोधन गर्दै प्रदेश नम्बर पाँचका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश संरचना नयाँ भएकोले केही अन्यौलता भए पनि प्रदेश अगाडि बढेको बताए । उनले प्रदेशसभाले धमाधम कानून बनाएको बताए । कार्यक्रममा प्रदेश नम्बर पाँचका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेश पाँचमा पर्यटनको प्रचुर सम्भावना भएको बताए ।

नेपाली कांग्रेस प्रदेश नं. ५ की सचेतक निर्मला क्षेत्रीले दलहरु बीच सहकार्य गरेर विकास र समृद्धिको मुद्धामा एक भएर लाग्नुपर्ने बताइन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाश श्रेष्ठले प्रदेश सरकारले योजनाहरु निर्माण गर्दा नीतिगत रुपमै ढिलासुस्ती हुने हुँदा पनि पुर्वधारको विकास नभएको भन्दै त्यसको सुधार आवश्यक रहेको बताए ।

बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजूले निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्ने सके नेपाली वस्तु बाहिर निर्यात गर्न सकिने बताए । रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले सरकारले उद्योग सञ्चालनको अनुमती दिँदा नै ६ महिना लगाउने भन्दै उद्योग स्थापना, त्यसको नियमन र नीतिगत सुधार गर्दै उद्योगीलाई प्रोत्साहन सरकारले गरे औद्योगिक विकासबाट पनि मुलुक समृद्धि बन्ने बताए । सरकारले औद्योगिक क्षेत्रको स्थापना गरेर भाडा उठाउने मात्र ध्यानमा लाग्नुभन्दा उद्योगीलाई व्यवस्थित गर्दै करको नियमन गर्नुपर्ने बताए ।

रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले खुल्ला सिमानाका कारण भारतीय सामानहरु नेपाल भित्रिँदा नेपाली बस्तुहरुले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै यसको नियमन जरुरी रहेको बताए । बाहिरी मुलुकबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गरेपनि राजश्व चुहावट हुँदै विना भन्सार वस्तु तथा सेवाहरु नेपाल भित्रिँदा पनि नेपाली उद्योगी व्यवसायीहरु धरापमा पर्ने गरेको बताए  ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com