ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीको पानी वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा नदीमा नदीको छेउमा नजान आह्वान


एबीसी न्यूज
आश्विन ६, २०७५ शनिबार  ४ : १६ बजे

काठमाडौँ,६ असोज । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो । पाइप सफा गरेको पानी वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत उपत्यकाका नदीमा पठाउने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ ।

सुन्दरीजलबाट चावहिल धोबीखोलासम्मको ११ किमी पाइप परीक्षण सम्पन्न गरी धोबीखोलाबाट नारायणगोपाल चोकसम्मको तीन किमीमा काम भइरहेको निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले जानकारी दिनुभयो । वितरण प्रणाली परीक्षणका क्रममा आउन सक्ने समस्याको समाधान गर्न आवश्यक तयारी पूरा गरिएको छ ।

फुटेको, चुहिएको पाइप देखेमा निर्देशनालयको निःशुल्क फोन नं ११३९ मा खबर गर्न अनुरोध गरिएको छ । पाइपको निर्मलीकरण गर्न प्रयोग गरिने रासायनिक पदार्थले स्वास्थ्यमा प्रतिकूल असर गर्ने हुँदा नदीको पानी प्रयोग नगर्न, पशुपक्षीलाई पनि नदीको पानी नखुवाउन निर्देशनालयले सजग गराएको छ । ठेक्का लगाइएको एक हजार एक किमी वितरण सञ्जालमध्ये हालसम्म ७३० किमीको काम सम्पन्न भएको छ । थोक वितरण प्रणालीको ७९ किमीको काम सकिएको छ । थोक प्रणालीबाट १० वटा पानीपोखरी पानी लगिनेछ । १० वटा पानीपोखरीबाट पहिलो चरणमा पाइप बिच्छ्याइएका स्थानमा पानी वितरण गरिनेछ । वितरण सञ्जालका बनेका क्षेत्रमा हालसम्म ६९ हजार धारा जडान भइसकेको छ । पहिलो चरणमा ठेक्का भएकोमध्ये अब करीब २० हजार धारा जडान गर्न बाँकी छ । यो काम सक्न एक वर्ष लाग्ने निर्देशनालयको अनुमान छ ।

मेलम्चीको पानी २६।५ किमीको सुरुङबाट सुन्दरीजल ल्याई पानी प्रशोधन केन्द्रमा खसालिनेछ । प्रशोधनका लागि पहिलो चरणमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र सम्पन्न भएको छ । केन्द्रमा वाग्मती नदीको बढी भएको पानी प्रशोधन गरी दैनिक तीन करोड लिटर पानी पुरानै सञ्जालबाट वितरण भइरहेको छ । दोस्रो चरणको आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र निर्माण भइरहेको छ । करीब दुई महिनापछि मेलम्ची खोलाको १७ करोड २८ लाख लिटर पानी दैनिक राजधानी आउनेछ । पानी ल्याउन सुरुङ निर्माण सम्पन्न गरी ढलान गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com