ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशमा महिला भएको नेपाल सम्भवत दुनियाँमा पहिलो देश : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज

काठमाडौँ, ६  असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीय भएको बताउनुभएको छ ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबारको नासल चोकमा आयोजित ‘लोकतन्त्र मेला’लाई आज सम्बोधन गर्दै उहाँले समावेशी प्रजातन्त्र र लोकतन्त्रमा महिला सहभागिताको दृष्टिले विश्वमै नेपाल एउटा उत्साहवद्र्धक उदहारणका रुपमा प्रस्तुत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ संसद्का विभिन्न समितिको निर्वाचनमा उल्लेख सङ्ख्यामा महिला नेत्री समितिको नेतृत्वमा आउनुभएको छ । झण्डै ९० प्रतिशत महिलालाई प्राथमिकता दिइएको छ । परिवर्तनको आन्दोलनमा साच्चै भूमिका खेलेका र सशक्त क्षमता भएका महिला समितिको सभापतिमा निर्वाचित हुनुभएको छ ।”

राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशमा महिला भएको नेपाल सम्भवत दुनियाँमा पहिलो देश भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले यो कुनै संयोगले आएको नभई नेपालको राजनीतिक नेतृत्वले महिलालाई अगाडि ल्याएर मात्रै समतामूलक समाज निर्माण र साँचो लोकतन्त्र स्थापना गर्न सकिन्छ भन्ने सोचले सम्भव भएको बताउनुभयो ।

नेपालको राजनीतिक परिवर्तनको प्रक्रिया र शान्ति प्रक्रिया पनि मौलिक प्रकृतिको रहेको दोहो¥याउँदै अध्यक्ष दाहालले मुलुकभित्रका राजनीतिक दल र नेतृत्वद्वारा परिस्थितिको विश्लेषण गरिएर निकालिएको निष्कर्षकै आधारमा राजनीतिक परिवर्तन र शान्ति प्रक्रिया अघि बढेको बताउनुभयो ।

उहाँले नेपालको राजनीतिक परिवर्तनको प्रक्रिया र शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदाय, छिमेकी देश तथा विश्वभरीको लोकतन्त्रप्रति समर्पित बुद्धिजीवि र व्यक्तित्वको सहयोग, समर्थन र सद्भाव शुरु देखिनै रहेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको राजनीतिक परिवर्तनको प्रक्रियाको साथसाथै नेपालको मौलिक प्रकृतिको शान्ति प्रक्रिया पनि नेपालको मात्रै सम्पत्ति नभएर अब यो अन्तर्राष्ट्रिय लोकतान्त्रिक आन्दोलनका पक्षधरको पनि एउटा सम्पत्तिका रुपमा रहेको छ । हामीले नेपालको शान्ति प्रक्रिया मौलिक प्रकृतिको विशेषतासहित सबैलाई उदाहरण हुने गरी सफल पारेका छौँ ।”

संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा विधायन व्यवस्थापन समितिले ‘समावेशी लोकतन्त्र  समृद्ध नेपाल’ भन्ने मूल नारासाथ पहिलो पटक लोकतन्त्र मेलाको आयोजना गरेको हो । मेला शनिबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com