ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल -चीन सम्बन्ध नयाँ उचाईमा : उपराष्ट्रपति पुन


bhawani desk

छेन्दु, ५ असोज । चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गर्नुभएको छ ।

उपराष्ट्रपतिसँग सिपिसीका सिचुवान प्रान्त सचिवले स्थानीय समय अनुसार आज (शुक्रबार) विहान ९ बजे शिष्टाचार भेट गर्नुभएको हो ।
भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनुभयो ।

उहाँले सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताउनुभयो । उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमिलाई चीन विरोधी गतिविधि हुन नदिने बताउनुभयो ।

उपराष्ट्रपतिले चीन र नेपालबीच भएका पछिल्ला संझौता र समझदारीहरुले दुई देशबीचको सम्बन्ध परम्परागत भन्दा माथि उठेको बताउनुभयो ।

उहाँले व्यापार तथा पारवाहन संझौता, बिआरआईमा नेपालको सहभागीता र व्यापार तथा पारवाहन सम्बन्धी प्रोटोकलमा भएको सहमतिले दुई देशबीचको सम्बन्ध प्रगाढ भएको र सहकार्य विस्तार भएको बताउनुभयो ।

उपराष्ट्रपतिले नेपाल राजनीतिक स्थायित्व हासिल गरेर आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको उल्लेख गनुहुँदै नेपालको आर्थिक समृद्धिको यात्रामा चीनको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको समृद्धिमा सिचुवान प्रान्तका सहयोग रहने समेत बताउनुभयो । उहाँले नेपालमा तीन वर्ष पहिले भूकम्प जाँदा सबै भन्दा पहिले सिचुवान प्रान्तका प्रतिनिधि गएर उद्धार र राहतमा सहयोग गरेको स्मरण गर्नुहुँदै धन्यवाद दिनुभयो ।

उपराष्ट्रपतिले नेपालमा लगानीका लागि प्रचुर सम्भावना रहेको उल्लेख गर्नुहुँदै लगानीका लागि चीन र सिचुवान प्रान्तलाई आग्रह गर्नुभयो ।

नेपालमा जलविद्युत, कृषि, पर्यटन, जडिबुटी र भौतिक पूर्वाधारको क्षेत्रमा लगानीका लागि आग्रह गर्नुभयो ।

नेपालसँग भएको प्राकृतिक स्रोत साधनको उच्चतम उपयोग गर्न चीनसँग भएको प्रविधि, अनुभव र पूँजीको खाँचो रहेको उल्लेख गर्नुहुँदै उहाँले दुई देशबीच सहकार्य जरुरी रहेको बताउनुभयो ।

उपराष्ट्रपतिले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउनुहुँदै सरकारी प्रयासबाटै चिनियाँ नागरिक माझ प्रचार प्रसार गरिदिन आग्रह गर्नुभयो ।

उहाँले अहिले नेपालमा सबै भन्दा धेरै भ्रमण गर्ने विदेशी पर्यटकमा चिनियाँ रहेको समेत बताउनुभयो । भेटमा सिपिसीका सिचुवान प्रान्तका सचिव पेङले चीन नेपाल सम्बद्ध विशिष्ट प्रकारको रहेको बताउनुभयो ।

उपराष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको उल्लेख गर्नुहुँदै दुई देशबीचको सम्बन्ध विस्तारमा खेलिरहेको भूमिकाका लागि उपराष्ट्रपतिलाई धन्यवाद दिनुभयो ।

सचिव पेङले सिचुवान प्रान्त र नेपालको सम्बन्ध ऐतिहासिक रहेको बताउनुभयो । उहाँले नेपालको चौतार्फी विकासका लागि सहकार्य गर्न सिचुवान प्रान्त तयार रहेको बताउनुभयो ।

उहाँले नेपाल र सिचुवानको सम्बन्धलाई अझै प्रगाढ बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । सचिव पेङले एक चीन नीतिप्रति नेपालको समर्थन, प्रतिबद्धता र व्यवहारिह कार्यन्वयनबाट चीन अत्यन्त खुशी रहेको बताउनुभयो ।

उहाँले नेपालको एक चीन नीतिप्रतिको दृढ्ता दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पु¥याउने राजनीतिक आधार भएको बताउनुभयो । नेपालको भ्रमण गर्नेमा सिचुवान प्रान्तका नागरिक अधिक रहेको उल्लेख गर्नुहुँदै सचिवले नेपालको प्राकृतिक सुन्दरताको अवलोकन गर्न र संस्कृतिको अनुभव गर्न चिनियाँ नागरिक आतुर रहेको बताउनुभयो ।

उहाँले चिनियाँहरु नेपाल भ्रमणका लागि अत्यन्त रुची राख्ने उल्लेख गर्नुहुँदै अनुकुल समयमा आफूले पनि नेपालको प्राकृतिक सुन्दरताको अवलोकन गर्ने ईच्छा रहेको बताउनुभयो ।

उहाँले थुप्रै चिनियाँहरुले नेपालमा लगानी गरेको, नेपालमा काम गरिरहेको र थुप्रै नेपाली विद्यार्थीहरुले सिचुवानमा अध्ययन गरिरहेको बताउनुभयो । सचिवले नेपालमा चीनियाँ व्यवसायीहरुले लगानी गरिरहेको स्मरण गर्नुहुँदै अन्य व्यवसायीहरु पनि नेपालमा गएर लगानी गर्न ईच्छुक रहेको बताउनुभयो ।

सचिव पेङले दुई देशबीचको सम्बन्ध सुधार तथा सहकार्यलाई सहज बनाउन छेन्दुमा नेपालले महावाणिज्य दुतावास चाँडै खोल्नुपर्ने बताउनुभयो ।

‘सम्माननीज्यू नेपाल फर्कना साथ छेन्दुमा महाणिज्य दुतावास खोल्नेमा नेपाल सरकारले निर्णय लिनेमा आशावादी छु’, उहाँले भन्नुभयो, ‘महावाणिज्य दुतावास स्थापना भएमा हामीलाई धेरै सहज हुनेछ ।’

उहाँले १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा गरेको आमन्त्रण स्वीकारेर उपस्थित हुनुका साथै महत्वपूर्ण संबोधन गरेकोमा उपराष्ट्रपतिलाई धन्यवाद दिनुभयो ।

भेटमा उपराष्ट्रपतिसँग चीनका लागि नेपाली राजदूत लिलामणी पौड्याल, उपराष्ट्रपति कार्यालयका सचिव रामप्रसाद आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत हुनुहुन्थ्यो ।

सिचुवान प्रान्तको तर्फबाट सचिव सहित गभर्नर, उपगभर्नरहरु उपस्थित हुनुहुन्थ्यो । उपराष्ट्रपतिसँग शुक्रबार नै सिपिसीका यिपिन नगर सेक्रेटरी लिउ झोङपोले शिष्टाचार भेट गर्नुभएको छ ।

उपराष्ट्रपति शुक्रबार नै यिपिन नगरको भ्रमणका लागि छेन्दुबाट त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उपराष्ट्रपतिले शुक्रबार विहान छेन्दुमा रहेको दुई सय वर्ष पूरानो टासी मन्दिरको अवलोकन भ्रमण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com