काठमाडौं, ४ असोज । भोली असोज ५ गतेबाट खुल्ला हुने भनिएको दशैको अग्रिम टिकट बुकिङ नहुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको हो । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघ टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको छ। नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ । यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो ।
आफूहरुको माग सुनुवाई नगरेको भन्दै महासंघले बैठक बसेर भोलिदेखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्