ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री ओली


bhawani desk


काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आज सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले स्वदेशी निर्माण व्यवसायीहरुको स्तर र क्षमता वृद्धि गर्नमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

देश विकासको जिम्मा निर्माण क्षेत्रकै काँधमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो पेशालाई मर्यादित बनाउन आग्रह गर्नुभएको छ । “तपाईंहरुको काँधमा देश निर्माणको ठुलो जिम्मेवारी छ ।

तर, तपाईंहरु भित्र रहेका विसंगतिहरुको अन्त्य हुनु पनि जरुरी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “एउटा काम गर्न सक्ने क्षमता भएको व्यवसायीले २० वटा काम जिम्मा लिने । अनि एक बर्षमा सकिने कामका लागि २०बर्ष पर्खनु पर्ने ? यस्तो थिती अब चल्दैन ।”
प्रधानमन्त्री ओलीले सबै उत्पादनसँग निर्माण क्षेत्र सम्बन्धित रहेको बताउनुभएको छ ।

“किसानले उत्पादन गरेको कृषि उपज आयात निर्यात गर्न होस वा कुनै औद्योगिक उत्पादन आपूर्ती गर्न निर्माण क्षेत्र कै भूमिका हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“हालै जारी गरिएको मुलुकी संहिता अथवा अन्य कुनै विद्यमान कानुनले कही कतै अफ्ठेरो परेको छ भने त्यो संसोधन गरिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर त्यो सबै तपाईंहरुको पक्षमा हुन्छ भन्ने हुदैन । जनताको पक्षमा हुने गरी सशोधन गरिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com