ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अत्यावश्यक सेवा ठप्प पार्नेलाई अब निगमले कारबाही गर्छ – कार्यकारी निर्देशक भट्टराई


एबीसी न्यूज


काठमाडौँ, ४ असोज । हिन्दुहरुको महान चाड दशै तिहार नजिकदै गर्दा देशभर पेट्रोलियम पदार्थको अभाव सुरु हुन थालेको छ।
ट्यांकर चालकको अवरोधका कारण पेट्रोलियम पदार्थको अभाव देखिन थालेको हो ।
देशभर विभिन्न रुटमा सञ्चालित १ हजार ९ सय ट्यांकर चालकमध्ये अधिकांशले अहिले पेट्रोलियम ढुवानी रोकेका कारण राजधानीका पेट्रोल पम्पमा लाइन सुरु भएको छ।

नेपाल आयल निगमका अनुसार मंगलबारदेखि ती चालकहरूले पेट्रोलियम ढुवानी गरेका छैनन्। भण्डारण क्षमता कमजोर रहेका कारण आपूर्तिमा अवरोध हुँदा पेट्रोलियम पदार्थको अभाव सुरु भएको हो।

‘हामीसँग चालक र ढुवानीकर्ताको कुनै माग छैन,’ नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘तर, पेट्रोलियम ढुवानी रोकिएको छ।’ बुधबार निगमले प्रेस विज्ञप्ति जारी गर्दै चालकहरूको अवरोधप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ। ‘ट्यांकर चालकहरूबाट आपूर्ति असहज पार्ने प्रयास गर्नु निकै दुःखद् पक्ष हो ।

’ निगमद्धारा जारी विज्ञप्तिमा भनिएको छ। वैज्ञानिक ढुवानी भाडामा समायोजन गरिसके पनि पुनः विभिन्न बहानामा पेट्रोलियम पदार्थको आपूर्तिमा असहज पार्न खोज्नु दण्डनीय भएको निगमले जनाएको छ। पेट्रोलियम ढुवानीका लागि सरकार सुरक्षा दिन तयार रहेको निगमका कार्यकारी निर्देशक भट्टराईले बताए।

‘चालकहरूको तलबभत्ता, संचयकोष, ट्रिप भत्ता लगायतका मागहरू निगमले पूरा गर्ने सहमति भइसकेको छ,’ उनले भने, ‘तर पनि किन आपूर्ति असहज भइरहेको छ बुझ्न सकेका छैनौं।’ अहिले अधिकांश ट्यांकर चालक निगमकै सम्पर्कमा छैनन्। आपूर्तिमा अवरोध गर्ने प्रयास जारी रहे कारबाही गर्ने चेतावनी निगमले दिएको छ। ‘पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पर्नेगरी पिडिओ नलिने, भारतीय आयल निगममा लोड लिन नजाने, डिपोमा लोड लिएर नआउने, बिक्री वितरणमा असहयोग गर्ने लगायतका कार्य गरेको पाइएमा सम्बद्ध सबै पक्षलाई निगम विनियमावली बमोजिम दायित्व पूरा नगरेको मानी ढुवानी सम्झौता रद्ध गरी खारेज गर्नेसम्मकोको कडा कारबाही गरिनेछ,’ निगमले चेतावनी दिएको छ।

ढुवानी नगर्ने हो भने ट्यांकरको साँचो बुझाउन निगमले चालकलाई चेतावनी दिएको छ। ‘अत्यावश्यक सेवा ठप्प पार्नेलाई अब निगमले कारबाही गर्छ,’ निगमका कार्यकारी निर्देशक भट्टराईले भने। केही समयअघि निगमले ट्यांकरमा लकिङ प्रणाली सुरु गरेदेखि नै चालकहरूले असन्तुष्टि जनाउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com