ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहजरूपमा बाँच्न पाउनुपर्ने अधिकार पनि खोसियो – कञ्चनपुर कारागारका कैदी–बन्दी


bhawani desk
आश्विन ४, २०७५ बिहीबार  १० : २९ बजे

कञ्चनपुर,४ असोज । वर्षौ पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागारका कैदी–बन्दी त्रिपालको छाना राखेर बस्न बाध्य भएका छन् ।

भवन मर्मत नहुँदा छानाबाट पानी चुहिने, लगाइएका इँटासमेत खिइएर झर्न थालेको, पर्खालभित्रको च्यानल गेटसमेत पुरानो भएका कारण बन्द गर्न गाह्रो हुने गरेको उनीहरूले बताएका छन् । अर्थाभावले कारागारका जीर्ण भवन मर्मत हुननसकेको कारागार प्रमुख श्यामराज भट्ट बताउनुहुन्छ ।

“भवन निकै पुरानो भएकाले छत चुहिन्छ,” उहाँ भन्नुहुन्छ, “माथिल्लो तलबाट समेत पानी आउने भएकाले कैदी–बन्दीलाई बस्न निकै गाह्रो छ उत्तर–पूर्वतर्फको बुर्जाघरमा चट्याङ परेर भत्केको धेरै भयो । मर्मत गर्ने रकम नहुँदा त्यत्तिकै छ भने महिला कैदीबन्दी बस्दै आएको भान्साघरको छाना समेत खस्ने अवस्थामा छ ।”

कारागार विभागबाट थोरै बजेट आउँदा उनीहरूको उपचार र खाना खर्चका लागि समेत सो रकमले नपुग्दा मर्मतको कार्य हुन नसकेको उहाँको भनाइ छ ।

कारागारमा पुरुष ७५ र महिला २० गरी ९५ कैदी–बन्दी राख्ने क्षमता भएपनि अहिले पुरुष २७७ र महिला १८ गरी २९५ कैदी¬–बन्दी राखिएका र तिनलाई सुत्नका लागि व्यवस्था नहुँदा ग्यालरी र टिनसेटमा सुत्ने गरेका छन् ।

खानेपानीका लागि र शौचालयमा जानका लागि समेत पालो पखर्नुपर्ने अवस्था रहेको गनासो गर्दै कैदी–बन्दी भन्छन, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहजरूपमा बाँच्न पाउनुपर्ने अधिकार पनि खोसिएको छ ।”

कैद मुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने उनीहरूको माग छ । विसं २०३२ मा स्थापना भएको कारागार पाँच बिघा क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

राष्ट्रिय सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

सम्बन्धित

सुदन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com