ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहजरूपमा बाँच्न पाउनुपर्ने अधिकार पनि खोसियो – कञ्चनपुर कारागारका कैदी–बन्दी


bhawani desk

कञ्चनपुर,४ असोज । वर्षौ पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागारका कैदी–बन्दी त्रिपालको छाना राखेर बस्न बाध्य भएका छन् ।

भवन मर्मत नहुँदा छानाबाट पानी चुहिने, लगाइएका इँटासमेत खिइएर झर्न थालेको, पर्खालभित्रको च्यानल गेटसमेत पुरानो भएका कारण बन्द गर्न गाह्रो हुने गरेको उनीहरूले बताएका छन् । अर्थाभावले कारागारका जीर्ण भवन मर्मत हुननसकेको कारागार प्रमुख श्यामराज भट्ट बताउनुहुन्छ ।

“भवन निकै पुरानो भएकाले छत चुहिन्छ,” उहाँ भन्नुहुन्छ, “माथिल्लो तलबाट समेत पानी आउने भएकाले कैदी–बन्दीलाई बस्न निकै गाह्रो छ उत्तर–पूर्वतर्फको बुर्जाघरमा चट्याङ परेर भत्केको धेरै भयो । मर्मत गर्ने रकम नहुँदा त्यत्तिकै छ भने महिला कैदीबन्दी बस्दै आएको भान्साघरको छाना समेत खस्ने अवस्थामा छ ।”

कारागार विभागबाट थोरै बजेट आउँदा उनीहरूको उपचार र खाना खर्चका लागि समेत सो रकमले नपुग्दा मर्मतको कार्य हुन नसकेको उहाँको भनाइ छ ।

कारागारमा पुरुष ७५ र महिला २० गरी ९५ कैदी–बन्दी राख्ने क्षमता भएपनि अहिले पुरुष २७७ र महिला १८ गरी २९५ कैदी¬–बन्दी राखिएका र तिनलाई सुत्नका लागि व्यवस्था नहुँदा ग्यालरी र टिनसेटमा सुत्ने गरेका छन् ।

खानेपानीका लागि र शौचालयमा जानका लागि समेत पालो पखर्नुपर्ने अवस्था रहेको गनासो गर्दै कैदी–बन्दी भन्छन, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहजरूपमा बाँच्न पाउनुपर्ने अधिकार पनि खोसिएको छ ।”

कैद मुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने उनीहरूको माग छ । विसं २०३२ मा स्थापना भएको कारागार पाँच बिघा क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com