ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लघुकथा : इमानदारी 


एबीसी न्यूज
आश्विन ३, २०७५ बुधबार  ३ : ५१ बजे
लेखक – सुरेन्द्र महर्जन अमर
लेखक – सुरेन्द्र महर्जन अमर

काले एउटा सोझो केटो कहिल्यै झुठो बोल्ने उसको बानी छैन । जसले जे भने पनि मान्ने मनमा कहीँ कतै पाप छैन कालेको इमानदारी कालेको महान गहना थियो । बाटोमा कसैले केही बिर्सेर गए जसको सामान हो उसैलाई पुर्‍याउने कालेको इमान्दारीमा कालेको दिन बितेको थियो । झगडा गर्ने छ्लकपटी गर्ने काम कहिल्यै भएको थिएन किन कि छ्ल गरेर कति नै दिन मान्छेको जिन्दगी चल्छ र ? हुन त मान्छेहरू छ्ल गरेर चोरी गरेर पनि आफ्नो जिन्दगी चलाउने गर्छन् । झगडा गरेर आफ्नो बहादुरी देखाउने पनि गर्छन् तर कालेको मनमा न त छल कपटपूर्ण भावना थियोे न त कसैलाई तर्साउने बानी नै थियोे । मान्छेहरूलाई झुक्याएर अरुको सामान आफ्नो हो भन्ने घृणित सोचाइ थियो । 

केवल इमानदारी नै उसले सपना थियोे । अरूको दु:खमा साथी बनेर दुखीहरूको साथी मित्रहरूको परम मित्र अरूको दु:खमा आफ्नो प्राण नै दिने एउटा महान बिचार राख्ने उसको कार्यको सबैले तारिफ नै गर्ने गर्थे ।

एक दिन काले कसैको दु:खमा साथ दिन दिनभरि खाना नभनी खाजा नभनी उसैको साथ कहिले कता कहिले कथा धाउँदै थियो । करिब ३ बजेको थियो मोबाइलमा धण्टी बज्यो अनि एक जना मित्रले एउटा काम पर्‍यो सहयोग गरिदिन आग्रह गर्‍यो । कालेको काम सकिएको थिएन उसले घडी हेर्‍यो र ३.३० सम्म आई पुग्ने बचन गर्‍यो । नभन्दै ३.३० मा काले कमल पोखरीमा जुन साथीले बोलाएको हो आफ्नो मोटरसाइकल चढेर त्यहीँ पुग्यो ।

पार्किङ स्थलमा धेरै नै मोटरसाइकलहरू थिए । एउटा ठाउँ खाली थियो त्यहीँ उसले आफ्नो मोटरसाइकल पार्किङ गर्‍यो र काममा लाग्यो । साथीको काम सकाएर काले पार्किङ स्थलमा लाग्यो । उसले चाबी हालेर मोटरसाइकल चलाएर घर आउँदै थियो अचानक मोबाइलमा घण्टी बज्यो कल उठायो । “दाई तपाईं कता हो एक जना मान्छे तपाईंसँग भेट्छु भनेकोले कल गरेको के गरुँ” कालेको आफन्त भाइले भन्यो । कालेले भाइ म बाटोमा छु एकै छिन भाइलाई भेट्न आउँछु भन्यो । कालेको भाइ नाम चलेको एक सुन्दर अनि इमानदार पत्रकार थियो ।

नभन्दै केही बेरमा मोटरसाइकलबाट काले भाइको पुग्यो । मोटरसाइकल रोक्यो अनि आफ्नो रेनकोट छ छैन भनेर अगाडिको फलामको लेगार्डमा हेर्‍यो उसको त्यहाँ उसको सामान झुन्डिएको थिएन अनि मोटरसाइकलबाट ओर्लेर हेर्दा मोटरसाइकल आफ्नो नभएको थाहा पायो । सिधै काले भाइकोमा पुगेर भन्न थाल्यो ।

“लौ यो मोटरसाइकल मेरो हैन साटासाट भएछ, चाबी कसरी मिल्यो एउटै रङ्ग थियो अहिलेसम्म यस्तो भएको थिएन के गरुँ भाइ ? मोटरसाइकल यहीँ छोडेर आफ्नो मोटरसाइकल लिन जाने कि के गर्ने भाइ म त बेहाल भएँ भाइ” भन्दा भाइले ” चिन्ता लिनु पर्दैन दाइ बरु यो मोटरसाइकलवाले प्रहरीको उजुरी दिन जानु भन्दा पहिला आफ्नो मोटरसाइकल लिन र अरुको मोटरसाइकल पुर्‍याउने सल्लाह दियो । दुई मोटरसाइकल चडेर पार्किङ स्थान गयो र अरुको मोटरसाइकल छोडेर आफ्नो मोटरसाइकल लिएर आफ्नो काम तर्फ लाग्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com