ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा परिवार नियोजनका साधनको प्रयोग बारेमा अझै चेतनाको कमि


abc

सुविना आर्चाय
काठमाडौं, ३ असोज । पारिवारिक जीवनलाई स्वस्थ र व्यबस्थित बनाउन परिवार नियोजन आवश्यक मानिन्छ । सुखि परिवार निमार्णका लागि प्रजनन उमेरका महिला तथा पुरुषमा जनचेतना फैलाउने उदेश्यले यो दिवस मनाउन सुरु गरिएको हो । ‘किशोरकिशोरी सहभागिता परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ यस वर्ष यो दिवस मनाइएको छ ।
प्रजनन उमेर समुहका महिला, पुरुष तथा दम्पतीहरुले आफ्नो प्रजनन आवश्यकताहरुलाई उपयुक्त परिवार नियोजनको साधन प्रयोग गरी पुरा गरुन भन्ने उदेश्यका साथ सुरु गरिएको राष्ट्रिय परिवार नियोजन कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकतामा पर्ने कार्यक्रम हो ।

मातृ तथा वाल स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याई जिवनको गुणस्तरियतालाई सुदृढिकरण गर्नका लागि नेपाल सरकारवाट परिवार नियोजन सेवा निशुल्क रुपमा सर्वसाधरण जनताहरुमा पुर्याइएको छ ।

कण्डम, खाने चक्की पिल्स , तीन महिने सुई डिपो, लामो अवधीका अस्थायी साधनहरु आई यु सि डि र इम्लान्ट तथा स्थायी वन्ध्याकरण जस्ता परिवार नियोजनका सेवाहरु नेपाल सरकारबाट निशुल्क रुपमा उपलव्ध गराइदै आएका छन । नेपालमा परिवार नियोजनका साधनको प्रयोगदर ५० प्रतिशतको हाराहारीमा मात्र रहेको तथ्याङ्क छ ।

परिवार नियोजनका साधन प्रयोग गर्नेको दर बढ्दै जानुपर्नेमा केहीबर्षदेखि यसको सुचाङ्क स्थीर रहेको नेपाल सरकार स्वास्थ्य तथा जनशंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । परिवार नियोजनका बारेमा ९० प्रतिशतभन्दा बढिलाई जानकारी भएपनि प्रयोगदर भने ५० प्रतिशतको हाराहारीमा मात्र रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाले प्रदेश नं ३ मा सबैभन्दा बढी र प्रदेश नं ४ मा सबैभन्दा कम परिवार नियोजनका साधन महिलाले प्रयोग गर्ने गरेको तथ्याङ्क रहेको छ ।

प्रदेश ३ मा ४९ दशमलव २ र ४ मा ३७ दशमलव ३ प्रतिशत प्रयोगदर रहेको छ । उमेर समुहका हिसावले हेर्ने हो भने परिवार नियोजनका साधन प्रयोग गर्नेमा १५ देखी १९ बर्ष उमेर समुहका २३ प्रतिशत छन् ,३५ देखी ४४ उमेर समुहका ६९ प्रतीसत छन् भने , ४५देखी ४९ उमेर समुहका ६५ प्रतीशत छन् । परिवार नियोजनका साधनको प्रयोगदर न्यून भए पनि जन्म दरमा भने बृद्धी नभएको महाशाखाले जनाएको छ ।

परिवार नियोजन सेवा अन्तरगत परिवार नियोजनका साधनहरु मात्र नभई यसस“ग जोडिन आउने परिवार स्वास्थ्यस“ग सम्वन्धित विभिन्न सेवा तथा कार्यक्रमहरु गरिदै आएको छ । सरकारले आधुनिक परिवार नियोजनका साधनहरुको प्रयोगलाई वढाई नचाहेको गर्भ रहनवाट जोगाउने, जन्मान्तरलाई वढाई आमा र वच्चाको स्वास्थ्यलाई राम्रो वनाउनको विभिन्न कार्यक्रम गरेता पनि नेपालमा परिवार नियोजनका बारेमा अझै चेतनाको कमि देखीन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मुलुकको आर्थिक संकटको समाधान गर्न एमालेको ध्यानाकर्षण

काठमाडौँ, १८ चैत । नेकपा (एमाले)ले देशको वर्तमान आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आज पार्टी मुख्यालयमा

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौँ, १८ चैत्र । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको

राहदानी मुद्दामा सौदाबाजी गरेको छैन : रवी लामिछाने

काठमाडौँ, १८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानीको मुद्दामा आफूले सरकारी निकायसँग सौदाबाजी नगरेको बताएका छन् । पार्टीले शनिबार आयोजना गरेको

सम्बन्धित

प्रधानमन्त्री प्रचण्डबाट मन्त्रिपरिषद् पुनर्गठन, अझै ५ वटा मन्त्रलाय प्रमसंग, कांग्रेसमा विवाद

रास्वपाबाट बारा २ मा रमेश खरेल, तनहुँ १ मा स्वर्णिम वाग्ले, चैतेहरुको बोलवाला

उपेन्द्र यादवलाई रोक्ने जनमतको दाउमा माओवादी कुशवाहाको प्रवेश , बारा – २ को उपचुनावको चक्र !

बिहीबार मन्त्रिपरिषद् विस्तार, नेका–८, माके ५, रास्वपा सरकार बाहिरै

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

फेरि बढ्यो कोरोनाको जोखिम, रुघाखोकी भनेर बेवास्ता नगरौँ –स्वास्थ्य मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...