ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालमार्ग बन्दै चितवनका सडक , सवारी दुर्घटना बाट एक महिना १५ जनाको मृत्यु


abc

चितवन , ३  असोज । दुई पांग्रे अर्थात मोटरसाइकल , यो सवारीसाधन यात्राको लागी जति सहज छ, त्यति नै असुरक्षित समेत बन्दै गएको छ । पछिल्लो समयमा जिल्लामा भएको दुर्घटनाको आकंलन हेर्ने हो डरलाग्दो छ । दुर्घटना न्यूनीकरण हुनुभन्दा पनि झन्झन् बढ्ने प्रक्रियामै रहदा चितवन प्रहरी चिन्तित बनेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको दुर्घटना बिवरणले जोखिमका बिषयमा छताछुल्ल पारेको छ  ।
प्रहरीले दिएको जानकारी अनुसार जिल्लामा भाद्र महिनामा भएका ३१ वटा सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् भने सवारी क्षतीको संख्या ३१ पुगेको छ । भदौ महिनामा भएका सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १५ जना मध्ये ७ जनाको त मोटरसाइकल दुर्घटनामा नै मृत्यु भएको हो । जसमा ६ जना मोटरसाइकल चालक र एकजना पछाडी बस्ने व्यक्ति रहेका छन् । उक्त दुर्घटनामा मृत्यु हुनेहरुमा १८ देखि ४० वर्षका युवाहरु छन् ।
 गत साउन महिनामा कुल २१ जनाको दुर्घटनामा मृत्यु भएकोमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेहरुको संख्या जम्मा तीन रहेको थियो । जुन दुर्घटनाको कुल मृत्युको आधा संख्या हो । पदमपुर क्षेत्रमा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक युवाको निधन भएको दुई दिनपछि पूर्वी चितवनको खैरहनी नगरपालिकामा पूर्वबाट पश्चिम छुटेको बा. ३. ख. ६२४ नम्बरको बसले ना.२०.प. ४२३ नम्बरको सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ४० वर्षका हिरालाल कट्टेलकोे उपचारका लागि भरतपुर ल्याउने क्रममा मृत्यु भएको थियोे । जिल्लामा ठूला गाडीसँग ठोक्किँदा मोटरसाइकलमा यात्रा गर्नेको जीवन बढी असुरक्षित हुने गरेको पाइएको छ ।
के भन्छन् : ट्राफिक प्रहरी प्रमुख ।
यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक बेदप्रसाद गौतमले अत्याधिक गति र जहाँपनि सजिलै लैजान खोज्दा मोटरसाइकल दुर्घटना बढी भएको बताए । उनलेे भने, कुनै पनि गाडी दुर्घटना भयो भने त्यस्को मुख्यत : जिम्मेवार चालक नै हुन्छ ‘दुर्घटना हुनासाथ हामीले जानकारी लिएका हुन्छौँ, धेरै घटनामा चालकको लापरबाही भेटिन्छ ।’
ट्राफिक सचेतना र चेकजाँचको गतिविधि दैनिकरुपमा भए पनि दुर्घटनामा कमी नआएकोमा उनले चिन्ता व्यक्त समेत गरे । ‘हेल्मेट लगाउने, हेल्मेटको लुपी लगाउने, लाइसेन्स र ब्लू बुक बोक्ने ट्राफिकका लागि होजस्तो गरिदिन्छन्, प्रनि गौतमले भने, ‘जबसम्म मानिसहरुले आफ्नो सुरक्षाका लागि हो भनेर बुझ्दैनन् तबसम्म दुर्घटना भइरहन्छ, मान्छेको ज्यान अकालमा गइरहन्छ ।’ तीन दिनअघि पदमपुरमा भएको मोटरसाइकल दुर्घटनामा चालकले लुपी नलगाउँदा समस्या भएको उनले बताए । ‘सानातिना कुरामा ख्याल नगर्दा अमूल्य जीवन गएको मान्छेहरुले ख्याल गरेकै छैनन्,’ ।
दुर्घटनाको मात्रै दैनिक एक दर्जनभन्दा बढी फोन ।
यता, चितवन प्रहरीको कन्ट्रोलमा मात्रै ‘दैनिक एकदर्जन जति फोन कल गाडी दुर्घटनाका विषयमा आउँने गरेको प्रहरी प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले बताए । ‘धेरैजसो दुर्घटनाका सूचनामा मोटरसाइकलको संलग्नता हुने गरेको छ ।’ मोटरसाइकल दुर्घटनामा पर्नुको मुख्य कारण तीव्र गति (ओभर स्पिड) रहेको उनी बताउँछन् । सडकको अवस्था, गाडीको चाप, मोटरसाइकलकै अवस्था नहेरी जथाभावी हुइँक्याउने प्रवृत्ति छ, जसले दुर्घटना निम्त्याएको छ’ उनले भने । मोटरसाइकल दुर्घटनाको अर्को कारण भनेको मादकपदार्थ सेवनसमेत रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मुलुकको आर्थिक संकटको समाधान गर्न एमालेको ध्यानाकर्षण

काठमाडौँ, १८ चैत । नेकपा (एमाले)ले देशको वर्तमान आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आज पार्टी मुख्यालयमा

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौँ, १८ चैत्र । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको

राहदानी मुद्दामा सौदाबाजी गरेको छैन : रवी लामिछाने

काठमाडौँ, १८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानीको मुद्दामा आफूले सरकारी निकायसँग सौदाबाजी नगरेको बताएका छन् । पार्टीले शनिबार आयोजना गरेको

सम्बन्धित

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

प्रचण्ड, देउवा र ओली त पात्र हुन्, सत्ता अरुले नै चलाउँछ– पूर्वसभामुख कृष्ण बहादुर महरा

उपचुनावअघि सरकारमा जादैनौँ : रवि लामिछाने

एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

मिटरब्याज पीडितलाई प्रधानमन्त्रीको आश्वासनः न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन हुन्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...