काठमाडौं, २ असोज । झण्डै दुई महिना पुग्न थालेको छ, कञ्चनपुरकी बालिका निर्मला पन्तको वलात्कारपछि हत्या भएको छ । गत साउन १० गते बिहीबार मध्यान्न घरबाट साथी रोशनी बमको घरमा निस्केकी पन्त त्यसपछि कहिल्यै घर फर्किन पाइनन् । उनी साथीको घरमा पुगिन । सर्वस्वीकार्य तथ्य बनिसकेको छ । तर, त्यसपछि उनी कता गइन, कसले उनको हत्या गर्यो ? पत्तो लाग्न सकेको छैन । हुन त, वलात्कार र हत्याको सुईले कता देखाइरहेको छ, बोधो दिमागले पछि छुट्याउन सक्छ । तर, कानूनी प्रमाण र तथ्यलाई मसिस्याउने काम भएको छैन, गरिएको छैन या गर्न इच्छा देखाइएको छैन । बरु उल्टै प्रमाणहरु मेटाइएका छन् । तर पनि वलात्कारीहरु, हत्याराहरु खुलेआम घुमिरहेका छन् । तिनै बलात्कारीलाई जोगाउने जस्तै गरी राज्यपक्षका कतिपय व्यवहार देख्दा भने आम जनतामा, यो देशमा न्याय मरेको आभाष भैरहेको छ । निर्मला हत्या प्रकरण अब कञ्चनपुरको मात्र घटना रहेन । प्रश्न यौटी निर्मलाको मात्र होइन यो देशका सबै छोरीहरु निर्मला कै नियती भोग्न हुंदैन भन्ने हो । निर्मलाले न्याय पाउन सकिन भने मात्र सबै छोरीले न्याय पाउंछन् भनेर नै अहिले देश जुरुक्क उठेको छ उनको पक्षमा । उनको न्यायका खातिर ।
१३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्यापछि संसद देखि सडक सत्य तथ्य सार्वजनिक गर्ने सरकारलाई दवाव दिइएको छ । घटना घटेको दुई महिना बित्दा समेत अपराधी को हो भन्ने अझै खुल्न सकेको छैन । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुले समेत बिवादमा परिरहेका छन । प्रहरीले अपराधी पत्ता लगाउन आनाकानी गरिरहेको जस्तो देखिएपछि प्रहरीकै मिलोमतोमा हत्यारालाई बचाउन लागिएको आरोप लागिरहेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को समेत भुमिका समेत शंकास्पद देखिएकोले अझैपनि बास्तविक हत्यारा उम्कन सक्ने सकेत देखिएको छ ।
कंचनपुरकी वालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण राष्ट्रिय मुद्धा बनिसक्दा पनि हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेका छैन । बलात्कारपछि हत्या भएको दुई महिना दिन बितिसक्दा पनि अहिलेसम्म हत्याराको अत्तोपत्तो लाग्न सकेको छैन । बलात्कार र हत्याको बिषयले देशभर तरङ्ग उत्पन्न गर्दा समेत शक्ति र सत्ताको प्रयोग गरी प्रमाणसमेत नष्ट गरेर अपराध लुकाउने काम भइरहेको भन्दै बिरोध भइरहेको छ । यौटी १३ वर्षीया बालिकामाथिको पाशविक यौन लुट र त्यसपछिको हत्याकाण्ड विरुद्ध न्यायप्राप्तिका लागि चौतर्फि दवाब सृजना गरिए पनि अपराधी पत्ता नलाग्नुले थप रहस्य उत्पन्न भैरहेको छ । शक्तिको फेरो समात्दै बलात्कारी उन्मक्त घुमिरहेका छन् । न्याय पाउने आशमा पीडित परिवार न्याय मरेको अनुभूति गर्दैछ ।
सरकारले गठन गरेको अनुसन्धान टोलीको गतिबिधी प्रति नै शंका उत्पन्न भएपनि अनुसन्धान पुनः नया“ शिराबाट सुचारु भइरहेको प्रहरीले जनाएको छ । यद्यपी, घटनाको २ महिना बित्तनै लाग्दा समेत दोषी पत्ता लाग्न नसक्नुले प्रहरी प्रशासनको मिलोमतोमा निर्मलाको हत्यारालाई उन्मुक्ति दिन खोजीएको विषयमा आम मत बढ्दै आरोप छ ।
साउन १० गते दिउसो २.३० देखी ३ बजेको समयमा बालिकाको बलात्कारपछि हत्या भएको देखिन्छ । यसअघि प्रहरीले मुख्य अभियुक्त भन्दै दिलीपसिंह विष्टलाई सार्वजजिक गरेपनि डीएनए प्रमाण नमिलेपछि रिहा भएका छन । पहिलो अनुसन्धानमा खटिनुपर्ने स्थानीय प्रहरी प्रमाण नष्ट गर्न तम्सिएपछि झन रहस्यमय बनेको निर्मला वलात्कार काण्डको सबैभन्दा पीडित भने परिवार बनेको छ । र, संगसंगै निर्मला जस्तै लाखौं नेपाली छोरी र आमाबाबु बनेका छन् ।
सीअँइबी जस्तो प्रहरी संगठनले अपराधीको सुईंको समेत नपाउनाले अनुसन्धानमा समेत प्रश्नचिन्ह त उठिरहेको छ नै, सिंहदरबार र बालुवाटार र समेत महिला हिंसाप्रति संवेदनहीन बनेको आरोप लागिरहेको छ । अनुसन्धनका लागि दिन दिनै समिती गठन गरिए पनि अपराधी को होला भन्ने बारे प्रहरी अहिले बोल्न सकिरकेको छैन । गृहमन्त्रालयसंग झारा टार्ने बाहेकको जवाफ छैन । यद्यपी, धेरै नै आलोचना बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मालाका बाबुआमसंग भेटघाट गरेका छन् । उनले अपराधी पत्ता लगाएर निर्मलालँई न्याय दिने प्रतिवद्धता जनाएका छन ।
तर निर्मलाको हत्या भएको दुई महिना बित्नै लाग्दा समेत प्रहरी अनुसन्धानले कुनै धार समात्न सकेको देखिदैन । बरु, निर्मलाको बलात्कारपछि हत्या गर्नेहरुलँई बचाउनका लागि नियोजित रुपमा प्रमाण लुकाउने काम भइरहेको देखिन्छ । सरकारले गम्भिर अनुसन्धान गरिहरेको जनाएपनि अहिलेसम्मको प्रगति शुन्यमै सिमित जस्तो देखिएको छ ।
दवाव बढ्दै गएपछि प्रहरीले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट, उनको छोरा सहितको डिएनए टेष्टका लागि स्याम्पल लिएको सार्वजनिक भएको छ । तरयको नतिजा आउन बांकी नै छ । घटनास्थलको अवस्था र घटनास्थल वरिपरिको अवस्था, घटनाको कारण लगायतका सूची बनाएर प्रहरीले विभिन्न कोणबाट एकसाथ अनुसन्धान अगाडि बढाएको भने पनि सुरुबाटै अन्यायमा परेको पीडित परिवार भने फेरि पनि न्याय नपाउने हो की भन्ने त्रासमा छ । अपराधीको जो सुकै होस यथासक्दो फास्ट ट्रयाकमा अनुसन्धान नगर्ने हो भने निमलाको मृतात्मा र उनको परिवार सधैंभर पीडित बनिनै रहनेछ ।
पछि अब डिएनएको रिपोर्टको प्रतिक्षा हत्यारा पत्ता लगाउने साधन बनेको देखिन्छ । तर यस अघि अनुसन्धानमा खटिएका प्रहरीले समेत घटनालाई नियोजित ढंगले वास्तविक दोषिलाई उन्मुक्ति दिने खोजीको हो की भन्ने आंशका सामेत पैदा भएको छ। निर्मलालाई न्याय दिनका लागि अब ढिलो भइसकेको छ । अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोड्ने गरेको अनुसन्धानबाट भेटिनेगरेको छ । तर तर निर्मलाको हत्यारा उम्काउनका लागि घटनास्थलका प्रमाणहरु नष्ट गर्ने काम समेत भइरहेको देखिन्छ । तर अपराधीपत्ता लगाउने मुख्य कडिको रुपमा डिएनए स्पाम्पलको परीक्षणको पहिचान नै देखिन्छ ।
निर्मला पन्त हराएको एफआईआर दर्ता गराउन परिवार प्रहरी कार्यालय धाउंदा देखिनै अरुची देखाएको स्थानीय प्रहरीले शब भेटिएपछि पनि घटनालाई बुभ्mन र अनुसन्धान गर्न चासो देखाएको थिएन । प्रहरी प्रशासनको साहारा नपाएपछि न्यायबाट बन्चित भएको परिवार अहिलेसम्म पनि न्यायको भीख मागिरहेको छ ।
घटना भएको चौथो दिन घटनाको सत्य–तथ्य पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अनुसन्धान थालेको थियो । तर, सिआइबीले समेत घटनाको गम्भिरता नदेखाई निर्दोषलाई फसाएर बास्तबिक अपराधीलाई बचाउने तरिका अपनाइरह्यो । सीआईबी टोलीले घटनास्थलको अध्ययन र पीडित परिवार भेटे लगत्तै कारागारबाट सजायं काटेर बाहिर निस्केका दिलीपसिंह विष्ट हत्यारा भएको भन्दै स्थानीय प्रहरीले सार्वजनिक समेत ग¥यो । विष्टलाई हत्याराको आरोप सही नभएको भन्दै कन्चनपुर प्रहरी र सीआईबीसमेतले वलात्कारी जोगाउने र निर्दोषलाई फसाउने नियत राखेको भन्दै कञ्चनपुर आन्दोलित भयो । आन्दोलनका क्रममा एक जना बालकको ज्यान गयो ।
जिल्लाको प्रहरी नेतृत्वकै भनाईलाई बिश्वास गर्दै सिआइबीको अनुसन्धान टोलीले समेत मिलोमतोमा घटनालँई लुकाउने प्रयास गरेको प्रष्टै देखियो । घटना अनुसन्धानको लागि सीआईबीका डीएसपी अगुंर जीसीको नेतृत्वमा प्रहरी निरीक्षक गणेश सापकोटा र प्रहरी नायव निरीक्षक धर्मेन्द्र राई अनुसन्धानमा खटिएका थिए । साउन १३ गते महेन्द्रनगर पुगेर अनुसन्धान गरिरहेको सीआईबीको टोली भदौं ९ गते राति महेन्द्रनगरबाट फिर्ता भएको थियो ।
पहिलो टोलीको अनुसन्धान असफल भएपछि सीआईबीका एसएसपी ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको ६ सदस्यीय अर्को टोली भदौ १७ गते पठाइएको थियो । अगुंर जीसीको छानविन टोलीले करिब ३ साता लामो ‘अनुसन्धान’ पछि भदौै ४ गते स्थानीय दिलीपसिंह विष्टलाई दोषी किटान गर्दै सार्वजनिक गरेको थियो । तर स्थानीयबासीले विश्वास गर्ने कुरै भएन । डीएनए परीक्षणबाट विष्ट निर्दोष भएको प्रष्ट भयो । विष्ट निर्दोष सावित भएर छुटिसकेका छन् । देशभरबाट दवाब बढ्न थालेपछि सरकारले बाध्य भएर कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्टको डीएनए परीक्षण गरिएको छ । एसपी विष्ट हाल निलम्बित अवस्थामा छन् । डीएनएको नतिजा आउन बांकी छ ।
घटनाको गहन र संवेदनशील भएर अनुसन्धान गर्न सीआईबीका डीएसपी अगुंर जीसीको नेतृत्वमा खटिएको टोलीले गम्भीर रुपमा नलागेको देखिए पछि उनीहरु पनि निलम्बनमा परिसकेका छन् । हत्याकाण्डमा अनुसन्धानको जिम्मा पाएका सवै प्रहरी अधिकृतमाथि नै अनुसन्धान थालिएको छ । अनुसन्धानमा गर्विलो इतिहास कायम गरेको प्रहरीको सीआईबीलाई यो घटनाक्रमले लज्जित बनाएको छ । अनुसन्धानलाई सहज बनाउन र अझ बृहत रुपले लाग्न सीआईबी केन्द्रित हुने गरेको छ । जटिल र संवेदनशील घटनामा प्रहरीले सीआईबी खटाउने गर्छ । तर, हत्यारा पत्ता लगाउनु भन्दा कस्लाई फसाउने भन्ने नियत र वास्तविक अपराधीलँई जोगाउने प्रयासका कारण निर्मला प्रकरणमा सीआईबी समेत फसकेको छ । हत्यारा पक्राउ पर्न नसक्दा प्रहरीको इज्यतमा दाग लागेको छ भने आम जनता निरास बनेका छन् ।
अति भैसकेके पछि निर्मला पन्तको हत्याको अनुसन्धानमा संलग्न प्रहरीहरुमाथि छानविन गर्न शक्तिशाली समिति गठन गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएका डीआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन भएको हो । यसअघि उजुरी छानविन शाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीले छानविन गरिरहेको थियो । तर, पछिल्लो पटक थप ५ प्रहरी अधिकारी निलम्बनमा परेपछि डीआईजीकै नेतृत्वमा समिति बनेको हो । समितिमा एसएसपी निरजबहादुर शाही र सुवेदी पनि छन् । समितले अनुसन्धानमा खटिएका प्रहरी अधिकारी कहा“ चुके त्यसलाई केलाउदै घटनाको सत्य तथ्य यथा शिघ्र बाहिर आउने अपेक्षा गरिएको छ । तर हत्या प्रकणलाई सकेसम्म लुकाउने प्रयास स्वरुप प्रमाण नष्ट गर्न अपराधी सञ्जाल लागि परकोले छानबिन प्रभाबित समेत हुन सक्ने हुदा यथासक्दो दोषि उम्कन नकिन अनुसन्धानलाई तिब्रता दिनु आवश्यक छ ।
पछिल्लो समयको बढ्दो बलात्कारका घटनाहरूको श्रृखलाको कारण धेरै बाबु आमाका लागि चिन्ताको बिषय बनेको छ । हरेक दिन सञ्चार मँध्यममा आउने बलत्कारको समाचारले सिमा नाघिसकेको छ । निर्मलाको हत्यापछि पनि बलत्कारपछि पनि २ सय ५० भन्दा घटना बाहिर आउनुले बलत्कारको श्रृखताको कारण अत्यास लाग्ने अवस्था सृजना भएको छ ।
बलात्कारका श्रृखलाबद्ध घटनका कारण समाज र हाम्रो मनोबिज्ञान कता तिर गइरहेको छ भन्ने यर्थाथ देखिएको छ । बलत्कारका घटना कम हुनलाई कडा कानुनमात्र यथेष्ठ छैन यसकालागि शिक्षित समाजको समेत आवश्यक छ ।
नेपालमा बलात्कारलगायत महिलामाथिको हिंसा नियन्त्रणसंग सम्बन्धित कानुनहरु विगतका तुलनामा निकै कडा बनेका छन् । तर कार्यान्वयन पक्ष भने अत्यन्त फितलो छ । यसो हुनुमा बलात्कार घटनाका अनुसन्धान प्रभावकारी छैनन् । बलात्कारका मुद्दाहरु सरकारवादी हुन्छन् । सरकारवादी मुद्धा भएकै कारण कतिपय मुद्दाको दायरा नै कमजोर बनाउने गरिएका नजिर कायमै छन् । बलात्कार मुद्दामा गतिलो अनुसन्धान नह“ुदा पीडितले न्याय पाउन नसकेका थुप्रै उदाहरण हाम्रा सामु छंलगै रहेका छन् ।
मुलुकमा बलात्कार र महिला हिंसाको स्थिति यति भयावह छ कि निर्मला पन्तको बलात्कार र हत्या भएको घटनापछि पनि कञ्चनपुरमा आठ वटा बलात्कारको घटना घटिसकेका छन । देशैभरको आ“कडा लिने हो भने यो दुई महिनाको समयमा २ सय २५ वटा बलात्कारको घटना भएको देखिन्छ । यसरी देशभर यौनजन्य हिंसा र बलात्कारको त्रास श्रृजना भएका कारण आम चेलीहरु त्रसित हुनु पर्ने अवस्था आएको छ । बलात्कारको कतिपय घटना अदालतमा मुद्दा दायर नै नभई मेलमिलापबाट टुंग्याउने, धम्की र प्रलोभनका भरमा दबाइएको स्थिति छ । यसकारण यसको संख्या अझै बढ्न सक्ने देखिन्छ ।
बलात्कारका सबै घटना अझै पनि बाहिर आउने स्थिति बनिसकेको छैन । मिडियाको नजर पर्दा मात्र घटना बाहिर आउने, नत्र नआउने स्थिति छ । कतिपय अबस्थामा सकेसम्म यस्ता कुराहरु बाहिर नआवस् भन्ने घरपरिवारले नै चाहेको पनि देखिन्छ । यसको मूल कारण भनेको पीडकलाई भन्दा पनि पीडितलाई नै दोषी ठान्ने सामाजिक अबस्था हो । यसरी हेर्दा समाजमा हुने सबै बलात्कारका घटना बाहिर आउने हो भने कति दर्दनाक स्थिति उजागर होला ? हामी कल्पना मात्र गर्नसक्छौं । त्यसैले हाम्रो समाजमा पीडित निर्दोष छ, पीडक नै दोषी हो भन्ने सामाजिक धारणा विकास हुन जरुरी छ । यसका लागि राजनीतिक दलका नेता–कार्यकर्ता, मिडिया, सामाजिक अभियन्ता लगायत सबैले आफु वा आफ्ना छोरी, वहिनी, आमा र श्रीमतीमाथि यस्तो घटना भएको भए मेरो मनस्थिति के हुन्थ्यो र म के गर्थे होला भन्ने कुरा मनमा राखेर काम गर्न जरुरी छ ।
मुख्य कुरा घटना हुन नदिन के गर्ने भन्ने हो । दोस्रो, यदी बलात्कारका घटना भइहाल्यो भने के गर्ने भन्ने छुट्टै विषय छ । समाजले दोषी कसलाई ठान्ने ? पीडित पक्ष होइन, पीडक नै दोषी हो भन्ने कुरालाई समाजले स्वीकार गर्दा मात्र पीडित पक्ष घटनाबारे प्रहरीकहँ उजुरीका लागि जानसक्ने स्थिति बन्छ । अर्को, घटना हुने बितिक्कै महिला आन्दोलन कहँ गयो भन्ने प्रश्न पनि गर्ने गरिन्छ । यस्ता विषयमा महिलाहरुले त अगुवाई गर्नैपर्छ तर महिला आन्दोलनलाई नै दोषी करार गरेर विरुद्ध बोल्ने कुरा एकदमै गलत छ । समाजमा भएका दुई÷चार जना अपराधी पुरुषहरुको कारणले गर्दा सिंगै पुरुष समूदायप्रति पीडित महिलाहरुले सशंकित भएर हेर्नुपर्ने स्थिति छ । यसबारे पुरुष समूदायले पनि अवश्य सोच्नुपर्ने समय आएको छ । त्यसो त पछिल्लो प्रतिवेदनले १० देखि १५ प्रतिशत बलात्कार र यौनजन्य अपराधमा घरभित्रै वा नजिकका आफन्तबाट हुने गरेको देखाउछ ।
घरभित्रै पनि महिला असुरक्षित भएको यसबाट पुष्टि हुन्छ । भोलि बुबा, दाजुभाई, काका, मामाहरुसँग पनि दूरी राखेर व्यबहार गर है छोरी भन्नुपर्ने दिन आयो भने त्यसले सिंगै पुरुषहरुप्रति कस्तो दृष्टिकोण निर्माण गर्ला ? उनीहरुसग सुरक्षित हुनुपर्छ है भनेर दिक्षित गर्नुपर्दा साना बालिकाहरुको दिमागमा कस्तो छाप पर्ला ? किनभने बावु, हजुरबा र आफन्तहरुवाट वालिकाहरु बलात्कृत हुदै जाने र यदी पुरुषहरु महिलामाथि दिनहु भइरहेका बलात्कारका घटनाबिरुद्ध नबोलेर महिलाहरु मात्र बोल्नुपर्ने हो भने भोलीको दिनमा पुरुष प्रतिहेरिने दृष्टिकोण कस्तो बन्ला ।
अर्को, तथ्यांकले भन्छ, ४० प्रतिशत बलात्कारका घटना छिमेकीहरुबाट हुदै आएको छ । छिमेकमा भएका पुरुषहरुसग पनि सशंकित हुनुपर्छ, सुरक्षित हुनुपर्छ भन्न थालियो भने अवको समाज कता जान्छ । त्यसकारण यो विषयलाई अब सबै पुरुषले होइन, समाजमा भएका केही खराब पुरुषहरुले त्यस्तो गरेका हुन , अब हाम्रा छोराहरु अशल हुनुपर्छ भन्ने शिक्षा घरपरिवारभित्रैबाट दिन सुरु गर्नुपर्छ । महिलाहरु पीडित पक्ष हुन् उनीहरुले पनि आवाज उठाउनुपर्छ तर पीडक पक्ष पुरुष समूदाय भएकै कारण भविष्यमा यस्ता घटना न्युनिकरणका लागि पुरुषहरुले नै बढि दायित्व निर्वाह गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्