ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाइसौँ राष्ट्रिय महिला भलिबल बागलुङमा


bhawani desk

काठमाडौं, १ असोज । बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाको गलकोटमा हुने भएको छ ।

नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा सो प्रतियोगिता यही असोज २३ देखि २७ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष याम श्रीसले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्न रु २० लाख खर्च हुने अनुमान छ ।

भलिबल सङ्घले खेल सामग्री र नगद रु एक लाख जिल्ला सङ्घलाई प्रदान गरेको छ । “प्रतियोगिताले व्यावसायिक खेलको प्रवद्र्धन हुनेछ”, अध्यक्ष श्रीसले भन्नुभयो, “खेल पर्यटनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।”

प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टिमको तयारीमा राखिने नेपाल भलिबल सङ्घले जनाएको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने छ । विजेता टिमले नगद रु ५० हजार, उपविजेताले रु ३० हजार र तस्रो हुनेले रु २० हजार पुरस्कार पाउनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सटर र ब्लकरलाई पनि रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।

राष्ट्रिय खेल भलिबल सञ्चालन गर्न पाउनु सुखद् अवसर भएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । खेल क्षेत्रको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले नीतिमा सही भएको पुष्टि भयो – डा. राजन भट्टराई, नेता, नेकपा एमाले

काठमाडौं, ३ भदौ ।  नेकपा एमाले नेता डा. राजन भट्टराईले देशको पछिल्लो राजनीतिक परिस्थितीबारे कुरा गर्दै एमाले नीतिमा सही भएको पुष्टि भएको बताएका छन् ।

कानूनविद्हरुसँग राष्ट्रपति भण्डारीको छलफल

काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

काठमाडौं, ३ भदौ ।  मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले आज बिहानदेखि

सम्बन्धित

अब्दुल्लाह अलमुताईरीले एन्फालाई जवाफी पत्र पठाए

अफगानिस्तानविरुद्धको शृंखला आयरल्यान्डले जित्यो

सेरेना विलियम्स पहिलाे चरणमै रादुकानुसँग पराजित

फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)लाई लगायो प्रतिबन्ध

ईपीएल : चेल्सी र टोटन ह्यामको बराबरी, वेष्ट ह्यामविरुद्ध नटिङ्घमको जित

भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...