ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

गाउँपालिकाले बाड्यो मदिरा सेवन गर्ने लाइसेन्स


abc

काठमाडौं, ३१ भाद्र । बाजुराको एउटा गाउँपालिकाले मदिरा सेवन गर्ने लाइसेन्स बाँड्न थालेको छ ।

जिल्लाको गौमुल गाउँपालिकाले ऐन नै बनाएर ‘मदिरा सेवन कार्ड–२०७५ बाँडेको हो ।
गाउँपालिकाले असारमा ‘मदिरा व्यवस्थापन गर्न बनेको ऐन २०७५’ पास गरेको थियो । सोही ऐन हनुसार साउनदेखि मदिरा पिउन कार्ड बाँड्न थालेको छ । अहिलेसम्म १५० भन्दा बढीले यो कार्ड लिएका छन् । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार मदिरा सेवन कार्ड लिन बाषिर्क ५०० रुपैयाँ बुझाउनुपर्छ । यो कार्ड भए पछि साँझ ६ देखि ९ बजेसम्म मदिरा पिउन पाइन्छ । एक जनाले एक दिनमा १८० मिलिलिटर मात्र मदिरा पिउन पाउनेछन् । यस्तो कार्ड गाउँमा आउने पाहुनाहरुले पनि लिनुपर्ने गाउँपालिकाले जनाएको छ ।

मदिरा पसल चलाउन पनि लाइसेन्स अनिवार्य गरिएको छ । ‘हरेक पसलेको मदिरा सेवन कार्ड भएका ग्राहक हुन्छन् र उनीहरुले पिएको मदिराको रेकर्ड पसल सञ्चालकले राख्नुपर्छ’ रोकायाले भने ।

गाउँपालिकाले भने पसलको स्टक र लाइन्सेन्सधारी ग्राहकको संख्याका आधारमा तोकिए अनुसार १८० मिलिलिटर वा त्यसभन्दा बढी मदिरा खाएको अनुगमन गर्ने गरिएको उनले बताए ।
कार्ड नभएका मानिसले मदिरा पिएको भेटिएमा पहिलो पटक दुई हजार र दोस्रो पटक ७ हजार जरिवाना तोकिएको छ ।
मदिरा सेवनमा पूर्ण रोक लगाउने अवस्था नभएकाले कार्ड दिएर व्यवस्थित गर्न खोजेको गाउँपालिका अध्यक्ष रोकायाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली लोक लाज र नैतिकता नभएको व्यक्ति :प्रचण्ड

काठमाडौं २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरेका कारण प्रधानमन्त्रीमै राखिदिएको भन्दै व्यंग्य गरेका छन्

भारतमा कोरोना संक्रमण भयावह , अन्तिम संस्कारका लागि घण्टौं लाइन

  एजेन्सी, नयाँ दिल्ली २८ चैत । कोरोना संक्रमणको फैलिँदो अवस्था भारतका कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । संक्रमितहरुको उपचारका लागि संशोधनको अभाव

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

लमजुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन्

सम्बन्धित

ओली लोक लाज र नैतिकता नभएको व्यक्ति :प्रचण्ड

भारतमा कोरोना संक्रमण भयावह , अन्तिम संस्कारका लागि घण्टौं लाइन

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

प्रहरीका ३ सय ६६ इन्स्पेक्टरको एकैपटक सरुवा,

प्रतिपक्षी तीन दलको बैठकमा सहमति नभए माओवादीले आकस्मिक निर्णय गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com