ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मापदण्ड नमान्नेहरु कार्वाहीमा पर्छन् : मन्त्री मगर


एबीसी न्यूज


काठमाडौं, ३० भाद्र । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका ४० वटा बोरिङ र ती बोरिङबाट पानी सप्लाई गर्ने ट्याङ्करहरुमा छड्के अनुगमन गरेको छ ।

शनिबार बिहान खानेपानी मन्त्री बिना मगर, खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर सहितको टोलीले उपत्यकाका ४० बोरिङ र सयौं ट्याङ्करहरुको छड्के अनुगमन गरेको हो । मन्त्रालयले ५ वटा टोली बनाएर उपत्यकाका बोरिङ र ट्याङ्करहरुको अनुगमन गरेको    छ ।

मन्त्री मगरले गोदावारी, हरिसिद्धी, सिद्धी विनायक, बाँसबारी लगायतका स्थानमा रहेका बोरिङ र पानी ओसार्ने ट्याङ्करहरुको निरीक्षण गरेकी हुन् । मन्त्रालयको टोलीले चावहिल, गौशाला, बालाजु, चोभार, ठूलोभ¥र्याङ, जोरपाटी लगायत उपत्यकाका विभिन्न स्थानमा रहेका बोरिङ र ट्याङ्करहरुको छड्के अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा ४० प्रतिशत ट्याङ्करहरुले तोकिएको मापदण्डअनुसार स्टिकर नटाँसेको पाइएको छ । मन्त्रालयले पिउने पानीका लागि निलो स्टिकर, घरायसी प्रयोजनका लागि प्रयोग गरिने पानीका लागि हरियो स्टिकर र अन्य प्रयोजनको पानीका लागि पहेंलो स्टिकरको व्यवस्था गरेकोमा ४० प्रतिशत ट्याङ्करहरुले स्टिकरको प्रयोग नगरेका हुन् ।

अन्य प्रयोजन र घरायसी प्रयोजनका लागि प्रयोग हुने पानी पिउने पानी भन्दै बेच्न थालिएको सूचनाका आधारमा मन्त्रालयले बोरिङ र ट्याङ्करहरुको छड्के गरेको हो । छड्केका क्रममा सरकारको मापदण्ड पूरा नगर्ने केही बोरिङ र ट्याङ्करहरुका कागजात टोलीले नियन्त्रणमा लिएको छ ।

टोलीले सरकारले तोकेको स्टिकर प्रयोग गर्न र जुन प्रयोजनका लागि अनुमति लिइएको हो, त्यही प्रयोजनका लागि मात्र पानीको बिक्री, बितरण गर्न सम्बन्धित बोरिङ र ट्याङ्करहरुलाई चेतावनीसमेत दिएको छ । अनुगमनका क्रममा स्थानीयले बोरिङ र ट्याङ्करहरुले फोहोर पानी बेचेको, प्रशोधन नगरेको, मसानघाटको पानी सिधै ट्याङ्करमा भर्ने गरेको मन्त्री मगरसँग गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com