बाग्लुङ, ३० भाद्र । बाग्लुङको बडिगाड खोला पहिरोले थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ ।
शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाट ओभर फ्लो भएर बग्न सुरु गरेको छ ।
तर पनि जोखिम टरिसकेको छैन ।
खोला थुनिएको जानकारी पाएलगत्तै बाग्लुङ जिल्लाका नेपाली सेना, नेपाल प्रहरी सहितको टोली खोलाको बहाव खोल्ने प्रयासका लागि रातिदेखि नै सो क्षेत्रमा परिचालन गरिएको थियो । तर, उनीहरुले नखोल्दै शनिबार बिहानपखबाट पानी आफै ‘ओभर फ्लो’ भएर बग्न सुरु गरेको छ ।
https://www.facebook.com/873660546165318/videos/1560341557405304/UzpfSTEwMDAwNDE3MDc1MDY2Mjo0NzEwNzM3NDY3MTMzMDc/







प्रतिक्रिया दिनुहोस्