बाग्लुङ, ३० भाद्र । बाग्लुङ र गुल्मीको सिमानामा रहेको बडीगाड खोला पहिरोले थुनिएको छ ।
ढोरपाटन नगरपालिका र बडीगाडको सीमानामा पर्ने खोला गएराति साढे ११ बजेदेखि थुनिए पछि स्थानीयबासी त्रसित भएका हुन ।
कुनै पनि बेला बाँध फुट्ने र विपत्ती आउनसक्ने भन्दै सीमा क्षेत्रका बाग्लुङ र गुल्मीका बासिन्दा रातभर जाग्राम बसेका छन् । बाग्लुङका प्रहरीका अनुसार खोला किनारका बस्तीलाई सतर्क रहन भनिएको छ । खोला किनारका सिमलचौर, भिङ्गगिठी, खर्बाङ्ग, मजुवा, खारा, चोरकाटे, खैरेनी र रिडी बजारसम्म जोखिम पर्नसक्ने स्थानीयको भनाइ छ ।
खोला थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ । पहिरोले बाग्लुङको ढोरपाटन २ सिमलचौरका ४ घर डुबानमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्