काठमाडौं, २९ भाद्र । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ (भोली)शनिवार चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा प्रचण्ड चीन भ्रमण जान लागेका हुन् । प्रचण्ड शनिवार१२ः५ बजे चीन उड्ने उनको सचिवालयले जनाएको छ ।
प्रचण्डका सचिवालयको एक सदस्यले दिएको जानकारी अनुसार भोली शनिवार चीन गएर बुधबार (असोज ३) गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण निजी भ्रमण भएको बुझिएको छ । प्रचण्डसंगै भ्रमणदलमा पत्नी सिता दाहाल, उनकी स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहाल र एक जना सहयोगी सहभागी हुनेछन् । उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले चीन भ्रमणका क्रममा चिनियाँ उपराष्ट्रपति ली युनचाओसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागका उच्च अधिकारीसंग पनि छलफल गर्ने कार्यक्रम छ ।
उपराष्ट्रपति ली चिनिया राष्ट्रपति सि जिनपिङका सबैभन्दा विश्वासिला नेता मानिन्छन् । चिनियां राष्ट्रपति सी रसिया भ्रमणमा रहेकै बेला अध्यक्ष प्रचण्डको चीन भ्रमण हुन लागेको हो । सी स्वदेश फर्केलगत्तै भेटवार्ताको टुंगो लाग्ने स्रोतको दाबी छ । प्रचण्ड परिवारसहित चीनको नानजिङ र ऐनान जाने कार्यक्रम समेत तय भएको छ ।
माओवादी केन्द्र र एमालेबीचको पार्टी एकतापछि हुन लागेको प्रचण्डको यो पहिलो चीन भ्रमण हो । उनले दुई पार्टीको एकतापछि बनेको नेकपाको सरकारको सम्बन्ध सुदृढ गर्नको लागी दुवै छिमेकी मुलुकको भ्रमणमा आफु जाने यसअघि नै बताइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्