काठमाडौं,२९ भाद्र । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणबारे राष्ट्रिय सभा बैंठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले यो घटनाको अनुसन्धानमा सरकार गम्भीरताका साथ लागिरहेको बताए । ‘घटनाको छानबिन करीब–करीब अन्तिम चरणमा पुगेको उनले बताए ।
जनस्तरबाट गम्भीर चिन्ता पैदा भएको छ, दोषीमाथि कठोर कारवाही होस्, न्यायको कठघरामा परुन् र पीडितलाई न्याय मिलोस् भन्ने चिन्तामा गृहमन्त्रीको तर्फबाट सम्मान गर्छु र जिम्मेवारी रुपमा काम गर्न निर्देशन दिएका छौं,’ थापाले भने । गृहमन्त्री थापाले अपराधीहरु छिट्टै कानूनको कठघरमा उभिने बताए ।
उच्चस्तरीय छानबिन समितिका एक जना सदस्य उपसचिव विरेन्द्र केसीले राजीनामा दिएको सन्दर्भमा गृहमन्त्री थापाले गृह मन्त्रालयले शान्तिसुरक्षा दिने प्रतिवद्धता जनाएपछि केसी काममा फर्किएको बताएका छन ।
प्रतिक्रिया दिनुहोस्