ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला पन्त हत्या प्रकरणलाई लिएर अवरुद्ध संसद गृहमन्त्रीले जवाफ दिने भएपछि खुल्यो


एबीसी न्यूज
भाद्र २८, २०७५ बिहीबार  १२ : २३ बजे

काठमाडौं, २८ भाद्र । नेपाली कांग्रेसले निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा सरकारको भूमिका चित्तबुझ्दो नभएको भन्दै अवरुद्ध संसद गृहमन्त्रीले जवाफ दिने भएपछि खुलेको छ ।

संसदको वैठक शुरु हुनुभन्दा पहिले नै बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सरकारको अपराधी खोज्ने र सजाय दिने भुमिकाप्रति प्रश्न गरेका थिए । उनले यसको जवाफ प्राप्त नभएसम्म संसद अवरुद्ध गरेका थिए । त्यस्तै, बडुले पन्त प्रकरण राज्य संरक्षित अपराधमा परिणत हुँदै गएको आरोप लगाए।

सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै बडुले निर्मला पन्तको घटना दिनानुदिन नाटकीय रुपमा रहस्यमय हुँदै गएको तर सरकार मुक दर्शक रहेको टिप्पणी गरे।
‘अनुसन्धान टोली परिर्वतन भइरहेको छ तर वास्तविक दोषी पत्ता लगाउनु भन्दा ढाक्नमा संलग्न देखिन थालेको छ, राज्य संरक्षित अपराधको स्वरुप लिन लागिरहेको आभाष हुन थालेको छ’, बडुले भने।

अनुसन्धान समितिका सदस्य वीरेन्द्र केसीले राजिनामाको घोषणा गरे फेरि फिर्ता लिएको प्रति पनि उनले संसदको ध्यानाकर्षण गराए। न्याय पाउने सम्भावना नदेखेको र यसमा शक्तिशाली व्यक्तिको संलग्नता रहेको टिप्पणी गरेको प्रति पनि बडुले सरकारको जवाफ माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com