काठमाडौं, २८ भाद्र । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणको मापदण्डका विषयमा औपचारिक छलफल सुरु गरिएको छ ।
महासचिव विष्णु पौडेलले पेस गरेको सांगठनिक एकीकरण सम्बन्धि मापदण्डका विषयमा औपचारिक छलफल गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा महासचिव पौडेलले पार्टी एकीकरण सम्बन्धि कार्य दलले तयार पारेको सुझावसहितको प्रतिवेदन पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ लाई बुझाए ।
पार्टीको सांगठनिक एकीकरणको काममा सहमति जुटाउन बिहीबार अपरान्ह ३ बजे पुनः सचिवालय बैठक बोलाइएको श्रेष्ठले बताए । सोही बैठकमा पार्टीको प्रदेश कमिटीसहितको सांगठनिक एकीकरणको बारेमा टुंगो लगाउने तयारी सचिवालयको छ ।
सचिवालयले टुंगो लगाएको पार्टीको सांगठनिक एकीकरण सम्बन्धि सहमतिलाई स्थायी समिति बैठकले अनुमोदन गर्ने निर्णय पनि बैठकमा गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्