ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 निर्मला हत्या प्रकरण :मुख्य अभियुक्त विष्ट र रोशनी  बम सादा तारेख रिहा ,बबिता बम धरौटीमा


bhawani desk
भाद्र २६, २०७५ मंगलबार   ५ : ४५   बजे

काठमाडौं,२६ भाद्र । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई सादा तारेखमा रिहा गरिएको छ ।

घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये वबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सादा तारेखमा रिहा गरिएको बताइएको छ ।

घटनामा संलग्नताबारे आवश्यक प्रमाण नपुगेको भनेर सरकारी वकिल कार्यालय कञ्चनपुरबाट विष्टलाई रिहा गरिएको हो ।

नक्कली प्रमाण बनाएर विष्टलाई फसाउन खोजिएको भन्दै भएको आन्दोलनमा शनि खुनाको मृत्यु भएको र केही प्रदर्शनकारी घाइते भएका थिए । अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले विष्टलाई फसाउन घरबाट सर्टको खल्तीको टुक्रा ल्याएर घटनास्थलमा फाली मृतक निर्मलाका बुवालाई देखाएका थिए ।

एसपी डिल्लीराज विष्ट नेतृत्वको प्रहरीले अनुसन्धानमा गम्भीर त्रुटि गरेको भनेर राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरिसकेका छन् । एसपी विष्टलाई सरकारले निलम्बन समेत गरेको छ ।

विष्ट धरौटीमा रिहा हुने भएपछि वास्तविक हत्यारा पत्ता लगाउन प्रहरी नेतृत्वमाथि दबाब बढ्ने देखिएको छ ।

उच्चस्तरीय छानबिन समितिको म्याद थपिएपछि वास्तविक हत्याराले उन्मुक्ति पाउने खतरा रहेको भन्दै समितिका सदस्य उपसचिव विरेन्द्र केसीले सोमवार समितिबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group