ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्दीपुर पर्यटकको आकर्षण केन्द्र बन्दै


bhawani desk

दमौली, २६ भाद्र । पर्यटकीय नगरी बन्दीपुरमा रहेको बन्दीपुर सामुदायिक घरबास त्यहाँ पुग्ने पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । परम्परागत रीतिरिवाज, संस्कृति, हावापानी र रमणीयस्थलका कारण उचाईमा अवस्थित बन्दीपुरमा वर्षेनी लाखौ स्वदेशी विदेशी पर्यटक पुग्छन् ।

बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने प्रमुख माध्यममध्ये यहाँ सञ्चालित बन्दीपुर सामुदायिक होमस्टे (घरबास) समेत हो । देशका विभिन्न ठाउँबाट बेलाबेला समूह बनाएर आन्तरिक पर्यटक बन्दीपुरको घरबासमा रमाउन आउँछन् ।

बन्दीपुरमा २०६८ सालमा स्थापित घरबासले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको होमस्टे समितिका संस्थापक अध्यक्ष राजु बानियाँले बताउनुभयो । “ घरबासमार्फत् आत्मनिर्भर बन्न र पर्यटकीय गतिविधिसमेत बढाउन योगदान पुगेको छ”, उहाँले भन्नुभयो ।

बन्दीपुर गाउँपालिका प्रमुख पूर्णसिं थापाले यहाँ सञ्चालित घरबासको प्रवद्र्धनमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । “होमस्टे बन्दीपुरको चिनारी बनिसकेको छ”, उहाँले भन्नुभयो, “यसको प्रवद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्छ ।”

हाल बन्दीपुरमा २० घरमा घरबास सञ्चालन छ । सरकारीस्तरबाट कुनै सहयोग नभएपछि स्थानीयवासीले आफ्नै पहलमा शुरु गरेका थिए । पारिवारिक, शान्त वातावरण र सुलभ मूल्यमा बस्न पाउने भएकाले आन्तरिक तथा बाह्य पर्यटक होटलमा भन्दा घरबासमा बस्न रुचाउने गरेको होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष दिलकुमारी रानाले बताउनुभयो ।

यहाँका घरबासमा एकैचोटी १०० जनासम्म बस्न मिल्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार होमस्टेमा अर्गानिक खानाको मात्रै प्रयोग गरिनेछ भने वास बस्ने पर्यटकले रु ६५० शुल्क तिर्नुपर्छ ।

त्यसमा बेलुकाको खाजा, खाना, बिहानको नास्ता समावेश छ । घरबासमा बस्ने पर्यटकलाई परिवारको जस्तै व्यवहार गरिने भएकाले उनीहरु खुशी भएर फर्कने गरेको अध्यक्ष थापाले बताउनुभयो । “होटलमा बस्दा स्वागत र आत्मीयता हुँदैन”, उहाँले भन्नुभयो, “तर घरबासमा बस्ने पर्यटकलाई परिवारजस्तो व्यवहार गर्छौं ।” घरबासमा बस्ने पर्यटकलाई व्यवसायीले लाखे, लोकदोहोरी, चुड्कालगायतका सांस्कृतिक कार्यक्रमसमेत देखाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्कली शरणार्थी प्रकरण :१० जना आइतवार छुट्ने, खाणको टुङ्गो तेस्रो न्यायाधीशले लगाउने

क्युबाका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेट

सम्बन्धित

सी–बाइडेन ‘सान फ्रान्सिस्को’ वार्ता : मिडियाका आ–आफ्नै एंगल, सिएनएनदेखि ग्लोवलटाइम्ससम्म !

एमालेको प्रश्न– ‘इनफ इज इनफ’ भन्नेहरू कता गए ? व्यवस्थामाथि नै खतरा भएको हो टिकटक ?

मार्क्सवादको चिनियाँकरण-“ह्वेन मार्क्स मेट कन्फ्युसियस’

जाडोयाम शुरु भएसँगै देशभरको न्यूनतम र अधिकतम तापक्रम घट्दै

कान्तिपुरविरुद्ध पत्रकार महासंघको आन्दोलन रहस्यपूर्ण – मिडिया सोसाइटी

एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सको पहिलो जित, दक्षिण अफ्रिका ३८ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...