ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्दीपुर पर्यटकको आकर्षण केन्द्र बन्दै


bhawani desk
भाद्र २६, २०७५ मंगलबार   २ : २४   बजे

दमौली, २६ भाद्र । पर्यटकीय नगरी बन्दीपुरमा रहेको बन्दीपुर सामुदायिक घरबास त्यहाँ पुग्ने पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । परम्परागत रीतिरिवाज, संस्कृति, हावापानी र रमणीयस्थलका कारण उचाईमा अवस्थित बन्दीपुरमा वर्षेनी लाखौ स्वदेशी विदेशी पर्यटक पुग्छन् ।

बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने प्रमुख माध्यममध्ये यहाँ सञ्चालित बन्दीपुर सामुदायिक होमस्टे (घरबास) समेत हो । देशका विभिन्न ठाउँबाट बेलाबेला समूह बनाएर आन्तरिक पर्यटक बन्दीपुरको घरबासमा रमाउन आउँछन् ।

बन्दीपुरमा २०६८ सालमा स्थापित घरबासले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको होमस्टे समितिका संस्थापक अध्यक्ष राजु बानियाँले बताउनुभयो । “ घरबासमार्फत् आत्मनिर्भर बन्न र पर्यटकीय गतिविधिसमेत बढाउन योगदान पुगेको छ”, उहाँले भन्नुभयो ।

बन्दीपुर गाउँपालिका प्रमुख पूर्णसिं थापाले यहाँ सञ्चालित घरबासको प्रवद्र्धनमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । “होमस्टे बन्दीपुरको चिनारी बनिसकेको छ”, उहाँले भन्नुभयो, “यसको प्रवद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्छ ।”

हाल बन्दीपुरमा २० घरमा घरबास सञ्चालन छ । सरकारीस्तरबाट कुनै सहयोग नभएपछि स्थानीयवासीले आफ्नै पहलमा शुरु गरेका थिए । पारिवारिक, शान्त वातावरण र सुलभ मूल्यमा बस्न पाउने भएकाले आन्तरिक तथा बाह्य पर्यटक होटलमा भन्दा घरबासमा बस्न रुचाउने गरेको होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष दिलकुमारी रानाले बताउनुभयो ।

यहाँका घरबासमा एकैचोटी १०० जनासम्म बस्न मिल्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार होमस्टेमा अर्गानिक खानाको मात्रै प्रयोग गरिनेछ भने वास बस्ने पर्यटकले रु ६५० शुल्क तिर्नुपर्छ ।

त्यसमा बेलुकाको खाजा, खाना, बिहानको नास्ता समावेश छ । घरबासमा बस्ने पर्यटकलाई परिवारको जस्तै व्यवहार गरिने भएकाले उनीहरु खुशी भएर फर्कने गरेको अध्यक्ष थापाले बताउनुभयो । “होटलमा बस्दा स्वागत र आत्मीयता हुँदैन”, उहाँले भन्नुभयो, “तर घरबासमा बस्ने पर्यटकलाई परिवारजस्तो व्यवहार गर्छौं ।” घरबासमा बस्ने पर्यटकलाई व्यवसायीले लाखे, लोकदोहोरी, चुड्कालगायतका सांस्कृतिक कार्यक्रमसमेत देखाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group